Tuborg 2079-6-30 Ehimlayantimes-1000x100

प्रधानमन्त्री देउवाद्वारा गुजरात घटनाप्रति दुःख व्यक्त

फाईल फाेटाे

हिमालय टाइम्स
Read Time = 1 min
A A- A+

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले कयौंको ज्यान जानेगरी भारतको गुजरातस्थित मोरबी नदीको पुल भत्किएको घटनाप्रति दुःख व्यक्त गर्नुभएकाे छ ।

सामाजिक सञ्जाल ट्वीटर मार्फत उहाँले घटनाप्रति दुःख व्यक्त गर्नुभएकाे हाे ।

‘गुजरातको मोरबीमा पुल भत्किएको घटनाप्रति म दुःखी छु । पुल भत्किदा भएको जीवनको क्षतिप्रति हामी भारत सरकार र जनताप्रति हार्दिक समवेदना व्यक्त गर्दछौं । हाम्रो साथ शोक सन्तप्त परिवारसँग छ,’ प्रधानमन्त्री देउवाले भन्नुभएकाे छ ।

आइतबार मोरबीमा माच्छु नदीमा रहेको पुल भत्किदा १४१ जनाको मृत्यु भएको थियो ।

Ek-nepal-add-2079-5-26-All-media-in-nepal

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?