अवैध लागूऔषधसहित दुई जना पक्राउ

प्रतिकात्मक तस्बिर

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । भक्तपुर र नवलपरासी (पूर्व)बाट प्रहरीले अवैध लागूऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

भक्तपुरको मध्यपुर ठिमी नगरपालिका-१ लोकन्थलीबाट नियन्त्रित लागूऔषध नाईट्राभेट ६ सय ट्याब्लेटसहित एक जना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा सिरहा लहान नगरपालिका-४ घर भई हाल ललितपुर पाटन बस्ने २३ वर्षीय रमेश कुमार आनन्द छन् ।

उनलाई आइतबार साँझ प्रहरीले पक्रउ गरेको हो । प्रहरी प्रभाग बालकोटबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।

नवलपरासी (पूर्व)को विनयी त्रिवेणी गाउँपालिका-२ दाउन्नेबाट नियन्त्रित लागूऔषध नुर्फिन २३ एम्पुल, फेनारगन २३ एम्पुल र डाईजेपाम २३ एम्पुलसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा चितवन भरतपुर महानगरपालिका-४ बस्ने २८ वर्षीय बम बहादुर क्षेत्री छन् । उनलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी चौकी दाउन्नेबाट खटिएको प्रहरीले ना.६१ प १३४ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा स्कुटर चालक क्षेत्रीलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?