एमालेले भोलि घोषणापत्र सार्वजनिक गर्ने, ५५ वटा सभामा ओली सहभागी हुने

फाईल फाेटाे

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेकपा एमालेले मंगलबार चुनावी घोषणापत्र सार्वजनिक गर्दैछ । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मंगलबार एमालेले घोषणापत्र सार्वजनिक गर्न लागेको हो ।

घोषणापत्र सार्वजनिक गरिसकेपछि एमाले अध्यक्ष केपी शर्मा ओली चुनावी कार्यक्रममा सहभागी हुने तयारी गर्नुभएको छ । विभिन्न क्षेत्रमा हुने करिब ५५ वटा सभामा उहाँ सहभागी हुने तयारी गर्नुभएको छ ।

कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, राप्रपासहित केही दलले घोषणापत्र सार्वजनिक गरिसकेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?