अस्पताललाई हिमालयन बैंकको सहयोग

Read Time = 1 min

काठमाडौं । हिमालयन बैंकले महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताललाई चार लाख ५३ हजार रुपैयाँ बराबरका १२ थान बारकोड रिडर र १२ थान प्रिन्टर सहयोग गरेको छ । सहयोग सामग्री बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक राणाले अस्पतालका कार्यकारी सञ्चालक प्राडा दिनेश काफ्लेलाई हस्तान्तरण गर्नुभएको हो ।

बारकोड रिडर नहुँदा भुक्तानी काउन्टरका कर्मचारीले सेवाग्राहीको विवरण पटक-पटक प्रविष्ट गर्नुपर्दा बढी समय लाग्ने भएकाले छिटो सेवा प्रदान गर्न सकियोस् भन्ने उद्देश्यले सहयोग गरेको बैंकले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?