विश्वकप क्रिकेट : श्रीलङ्का-अफगानिस्तान तथा इङ्ल्यान्ड-न्युजिल्यान्ड भिड्दै

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । टी–२० विश्व कप क्रिकेटमा आज दुई वटा खेल हुँदैछ । आज श्रीलङ्का र अफगानिस्तान तथा इङ्ल्यान्ड र न्युजिल्यान्डबीच खेल हुनेछ ।

सुपर १२ को समूह ‘१’ का यी खेल अस्ट्रेलियाको ब्रिस्वेनमा हुनेछन् । आजको पहिलो खेलमा बिहान पौने १० बजे श्रीलङ्का र अफगानिस्तानबीच खेल हुनेछ ।

श्रीलङ्का र अफगानिस्तानको समान तीन खेलमा २ अङ्क छ । सुपर १२ मा आयरल्यान्डलाई हराएको श्रीलङ्का अस्ट्रेलिया र न्युजिल्यान्डसँग पराजित भएको थियो ।

त्यस्तै, अफगानिस्तान इङ्ल्यान्डसँग हारेको थियो भने न्युजिल्यान्ड र आयरल्यान्डसँग खेल वर्षाले प्रभावित हुँदा अङ्क बाँडेको थियो । आजको दोस्रो खेल इङ्ल्यान्ड र न्युजिल्यान्डबीच दिउँसो पौने २ बजे सुरु हुनेछ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?