कला क्षेत्रमा उम्दा कलाकार कटुवाल

Read Time = 2 mins

काठमाडौं । नेपाली कला क्षेत्री उम्दा कलाकार हुनुहुन्छ चन्द्रकला कटुवाल । उहाँले आफ्नो कला क्षेत्रलाई नेपाल र नेपालबाहिर विस्तार गर्नुभएको छ । नेपाली फेसन कोरियोग्राफर, फेसन डिजाइनर, सौन्दर्य प्रतियोगिताका विजेता र रनवे मोडलमाथि विश्वको ध्यानाकर्षण हुँदै गरेको अवस्था पनि छ । भारतको लखनउमा यही अक्टोबर १५ र १६ तारिख सम्पन्न इण्डिया इन्टरनेसनल फेसन विकनै यसको एउटा उदाहरण हो, जहाँ नेपालका चर्चित रनवे मोडेलहरूको सहभागितो थियो । यसमा चन्द्रकलाले आफ्नो जादुले सबैलाई मोहित पार्नुभएको थियो ।

विश्वका विभिन्न देश जस्तै इण्डिया, रशिया, बंगलादेश, फिलिपिन्स, अफगानिस्तानबाट आएका धेरै अन्तर्राष्ट्रिय मोडलमध्ये नेपालका चार अनुहारले यस अन्तर्राष्ट्रिय फेसन सप्ताह २०२२को र्‍याम्पमा आफूलाई हिँडाएका थिए । चार मोडेलमा कटुवालसहित दिक्पाल कार्की, प्रिया रानी लामा र अनुप कार्की हुनुहुन्थ्यो ।

विभिन्न विज्ञापन तथा म्युजिक भिडियोमा पनि अभिनय गर्नुभएकी कटुवाल केही चलचित्रमा अभिनय गर्नुभएको छ । यही शुक्रबारदेखि सिनेमाघरमा आउँदै गरेको चलचित्र ‘महापुरुष’ पनि उहाँले अभिनय गर्नुभएको छ । विभिन्न फेशन शोमासमेत आफूलाई अग्र पंक्तिमा राखेर आफ्नो अदाले धेरैलाई मोहित पार्नुभएकी उहाँ नेपाली कला क्षेत्रमा एक आशालाग्दी कलाकार भएको यस क्षेत्रका विज्ञहरू बताउँछन् । कटुवाल रनवे मोडल हुनुहुन्छ । उहाँ मोडलिङ र अभिनय क्षेत्रमा व्यस्त हुनुहुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?