काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेविरुद्ध दर्ता भएको मुद्दामा आज (मंगलबार) थुनछेक बहस हुँदैछ।
जिल्ला सरकारी वकिलको कार्यालयले काठमाडौं जिल्ला अदालतमा सोमबार लामिछानेविरुद्ध जर्वजस्ती करणी आरोपमा मुद्दा दायर गरेको थियो।
उनीविरुद्ध मुलुकी अपराध संहिता ऐन २०७४ को दफा २१९ को उपदफा २ अन्तर्गतको कसुर लगाइ १० देखि १२ वर्षसम्मको कैद सजाय माग गरिएको छ। साथै उनको चलअचल सम्पत्ति रोक्का गर्न पनि अभियोगपत्रमा माग गरिएको छ।
आज न्यायाधीशसमक्ष लामिछनेको बयान हुनेछ र त्यसपछि थुनछेक बहस अघि बढ्नेछ। त्यसपछि अदालतले उनलाई पूर्पक्षका लागि थुनामा पठाउने अथवा धरौटी वा सामान्य तारेखमा छाड्ने आदेश दिनेछ।
लामिछानेविरुद्ध प्रहरी वृत्त, गौशालामा २१ भदौमा १७ वर्षकी किशोरीले जबरजस्ती करणीको कसुरमा किटानी जाहेरी दिएकी थिइन् । जाहेरी परेको दुई दिनपछि जिल्ला अदालत, काठमाडौंले उनलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको थियो ।
पक्राउ पुर्जी जारी भएपछि नेपाल क्रिकेट संघ क्यानले उनलाई राष्ट्रिय टोलीको कप्तानबाट निलम्बन गरेको थियो । निलम्बित भएपछि उनले नेपालको कानुन मान्ने बताउँदै स्ट्याटस लेखेका थिए । तर, क्यारेबियन प्रिमियर लिग सिपिएल खेल्ने क्रममा जमैका रहेका उनी एक महिनासम्म सम्पर्कविहीन रहे । इन्टरपोलमा डिफ्युजन नोटिस जारी भएपछि उनी २० असोजमा नेपाल आए र विमानस्थलबाटै पक्राउ परे ।
सन्दीपले आफूमाथि लागेको आरोप अस्वीकार गर्दै आइरहेका छन् । प्रहरीले अनुसन्धान सकेर कात्तिक ४ गते नै सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको भए पनि तिहार बिदाका कारण अदालत बन्द भएकाले मुद्दा सोमबारमात्रै दर्ता भएको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच