सुस्तामा डुङ्गा पल्टिदा तीन जनाको मृत्यु

हिमालय टाइम्स
Read Time = 2 mins

-प्रकाश न्यौपाने

नवलपरासी । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका वडा नम्बर ४ गोकुलनगरबाट वनभोज गएका स्थानीय सात जना ब्यक्तिहरू मध्ये फर्किने क्रममा डुङ्गा पल्टिदा सोमबार तीन जनाको ज्यान गएको छ भने दुई जना गम्भिर घाइते भएका छन् ।

साँझ सवा ६ बजेको समयमा भएको डुङ्गा दुर्घटनामा परि ज्यान गुमाउनेमा नवलपरासी जिल्ला सुस्ता ४ गोकुलनगर बस्ने बर्ष २२ को गुड्डु हरिजन, बर्ष १८ को निरज हरिजन र बर्ष १८ को रन्जित गुप्ता रहनुभएको छ ।

नर्सही घोला पारी पटनहिया स्थितमा बनभोज गएकोमा बनभोज सकिए पश्चात पाँच जना व्यक्तीहरू डुङ्गामा चढी फिर्ता हुने क्रममा अचानक डुङ्गा नर्सही घोलामा पल्टिन गई डुबिरहेको भन्ने जानकारी प्राप्त हुना साथ तत्काल प्रहरी चौकी नर्सहीबाट प्रसनि जनार्दन यादवको कमाण्डमा गएको चार जनाको प्रहरी टोलीले उद्धार गरेको थियो ।

घटनास्थलमा खटि गई स्थानीयको सहयोगमा पाँचै जनालाई वेहोस अवस्थामा उद्धार गरी उपचारको लागि सहिद स्मृति अस्पताल चौपता पठाएकोमा निजहरू मध्ये निम्न तीन जनाको सवा ८ बजेको समयमा उपचारको क्रममा मृत्यु भएको र अन्य दुई जनाको सोही अस्पतालमा उपचार भैरहेको नवलपरासी प्रहरीले जनाएको छ ।

घाइते हुनेहरूमा बर्ष २२ को स्थानीय किशोर हरिजनको अवस्था सिरियस रहेको छ भने त्यस्तै बर्ष १५ को सोहित सहानिको अवस्था सामान्य रहेको छ । बनभोज गएका अन्य २ जना मर्चहवा गाउँ तर्फको बाटो हुँदै घर फर्केको प्रहरीले जनाएको छ । डुङ्गा के कसरी पल्टन गएको भन्ने बिषयमा अनुसन्धान कार्य भैरहेको जनाइएको छ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?