-रमेश विश्वकर्मा
गुल्मी । गुल्मीको पश्चिमी ग्रामीण भेगमा पर्ने मदाने गाउँपालिका– १ अग्लुङ्गमा झोलुङ्गे पुल निर्माण भएपछि त्यहाँका स्थनीयलाई निकै सहज भएको छ । अग्लुङ्गको दुई खोला छहरा खोला र सङ्रेङ्ग खोलामा पुल निर्माण भएपछि विद्यार्थी र सर्वसाधारणलाई निकै सहज भएको हो ।
साविकको अग्लुङ्ग गाविसको वडा नं.–८, निपानेदेखि दुई घण्टा लगाएर विद्यार्थीहरु अग्लुङ्ग माध्यमिक विद्यालयमा अध्ययनको लागि जानुपर्छ । वर्षायामको समयमा त्यहाँबाट विद्यार्थीहरु विद्यालय आउन निकै गाह्रो पर्ने थियो । खोला ठूलो हुँदा कैयौं विद्यार्थीहरू घर फर्किने गरेका थिए । वर्षायामको समयमा बिरामी भएर स्वास्थ्य चौकी जान र वडाको कामले वडा कार्यालयमा जान पनि निकै गाह्रो पर्ने थियो । अहिले पुल निर्माण भएपछि वर्षायाममा आवत–जावतमा निकै सहज भएको स्थानीयले बताएका छन् ।
अहिले छहरा खोलामा पुल निर्माण भएपछि त्यहाँका विद्यार्थीलाई सहज भएको स्थानीय रेमबहादुर विश्वकर्माले बताउनुभयो । उहाँले भन्नुभयो, “वर्षायामको समयमा विद्यार्थी मात्र होइन् हामी पनि खोलाको तिर बसेर खोला कतिबेला घट्छ भनेर हेथ्र्यौं ।” खोला घटेपछि मात्र हामी खेतमा जान मिल्ने अवस्था थियो ।
“खोलामा पुल निर्माण नहुँदासम्म बढेको खोला तर्न खोज्दा हाम्रो किताब कापी भएको झोला समेत बगाउने गथ्र्यो । त्यसैमा खोलाले बगाउँदा हामी धेरै पटक घाईते पनि भएका छौं ।” अग्लुङ्ग माविबाट एसइई दिनुभएका छहरा खोला नजिकै बस्ने दीपक विश्वकर्माले भन्नुभयो, “अहिले पुल निर्माण भएपछि विद्यार्थीसँगै स्थानीयहरुलाई निकै सहज भएको छ ।”
“खोलाले धेरै घरपालुवा जीवजन्तु बगाएको थियो । हामीलाई घाँस दाउरा गर्न खोलापारी जानुपथ्र्यो वर्षायाममा निकै अप्ठ्यारो हुन्थ्यो ।” स्थानीय भगत चन्दले भन्नुभयो, “ धान रोप्न जानका लागि खोला तर्नुपथ्यो । कहिलेकाँही खोला बढ्दा खोला पारी नै बस्नुपर्ने थियो । अहिले पुल निर्माण भएपछि हामीलाई सहज भएको छ ।”
छहरा खोलामा निर्माण भएको झोलुङ्गे पुलले साबिक अग्लुङ्ग गाविसको वडा नं.–८ निपानेको छहरा र वडा नं.–९ ओख्ले दहलाई जोडेको छ । उक्त पुल २०७५ असोजमा ४० लाख रुपियाँ लागतमा निर्माण सम्पन्न भगत चन्दले जानकारी दिनुभयो ।
यता, सङ्रेङ्ग खोलामा २०६७ असारमा १५ लाख ९१ हजार ५७४ रुपियाँ लागतमा निर्माण भएको झोलुङ्गे पुलले साबिक अग्लुङ्ग गाविसको वडा नं.–३, धारा धनुबस्ने र वडा नं.–९ ओख्ले दहको जुकेपानीलाई जोडेको छ । पुल निर्माण भएपछि आवतजावतमा निकै सहज भएको स्थानीयले बताएका छन् । यो पुल निर्माण भएपछि विद्यार्थीदेखि सर्वसाधारणसम्म लाई आवतजावतमा सहज भएको छ ।
दुई घण्टा भन्दा बढी समय हिँडेर निपाने देखी अग्लुङ्ग माध्यमिक विद्यालयमा अध्ययनका लागि विद्यार्थी आउनुपथ्र्यो । त्यस्तै, यो झोलुङ्गे पुल निर्माण नहुँदासम्म ओख्लेदहबाट पनि यस विद्यालयमा अध्ययन गर्न जाने विद्यार्थी एक घण्टा भन्दा बढी समय हिँडेर जाने गरेको अग्लुङ्ग माविबाट एसइई दिनुभएका अशोक विश्वकर्माले बताउनुभयो । दुई खेलामा पुल निर्माण हुँदा विशेषगरी यी दुई गाउँका विद्यार्थीलाई निकै सहज भएको उहाँले बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच