वाल्मीकि साहित्य सदनद्वारा विभिन्न स्रष्टा सम्मानित

Read Time = 2 mins

चितवन । वाल्मीकि साहित्य सदन चितवनले विभिन्न स्रष्टालाई सम्मान गरेको छ । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११४औं जन्मजयन्तीको अवसर पारेर चितवनको रत्ननगरमा आयोजित कार्यक्रममा समालोचक उदय अधिकारी, कवयित्री गीता लामिछाने र कवि तथा गीतकार मुकुन्द पौडेललाई सम्मान गरिएको हो ।

त्यसैगरी भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट एवं कवि डा.कृष्णप्रसाद पौडेललाई मानार्थ सदस्यता प्रदान गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि डिआर पोखरेलले सम्मानित स्रष्टालाई दोसल्ला ओढाएर सम्मानपत्रले सम्मान गर्नुभएको हो । सम्मानित स्रष्टाको व्यक्तित्व र कृतित्वका बारेमा कपिल अज्ञात, केशवराज आमोदी र लक्ष्मण अर्यालले प्रकास पार्नु भएको थियो ।

सदनले साहित्य सम्मान, मानार्थ सदस्यता प्रदान तथा रचना वाचन शीर्षकमा कार्यक्रम गरेको थियो । नेपाली भाषा साहित्यका क्षेत्रमा महत्वपूर्ण योगदान दिएबापत उहाँहरूलाई सम्मान गरिएको सदनका अध्यक्ष रामबाबु घिमिरेले बताउनुभयो ।

कार्यक्रममा अनिता अर्याल, निर्दोष जीवन, चेतराज रेग्मी, रामकृष्ण ढकाल, किसान प्रेमी, सर्वज्ञा पौडेल, लीला दाहाल अधिकारी, पुष्प अधिकारी अञ्जली, हरिप्रिया रिजाल, रोजिना लोहनी, सीता कँडेल सापकोटा, राजेन्द्र घायल, कमल अर्याल, पोषराज पौडेल, गिरिराज डल्लाकोटीलगायतले रचना वाचन गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?