सिरहामा विङ्गरको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

हिमालय टाइम्स
Read Time = 1 min

सिरहा । सिरहाको धनगढीमाई नगरपालिका-७ मा हिजो विङ्गरको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ । दुर्घटनामा एक जना युवती घाइते भएकी छिन् ।

मृत्यु हुनेमा मोटरसाइकल चालक गोलबजार नगरपालिका-१२ बस्ने २२ वर्षीय अमरेश कुमार मण्डल रहेका छन् । उनको उपचारको क्रममा कसहा हेल्थ केयर सिरहामा मृत्यु भएको हो ।

घाइते भएकी मोटरसाइकलमा पछाडी सवार १८ वर्षीया पर्वती देवी मण्डलको भने मेट्रो हेल्थ केयरमा उपचार भइरहेको छ ।

प्रदेश २-०१-००१ प ३९ ८२ नम्बरको मोटरसाइकललाई बा २१ च ५८४४ नम्बरको विङ्गरले हिजो साँझ सवा ६ बजे ठक्कर दिएको थियो । विङ्गर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?