सर्लाहीमा मोटरसाइकल दुर्घटना, एक युवकको मृत्यु

प्रतिकात्मक तस्बिर

हिमालय टाइम्स
Read Time = 1 min
A A- A+

-प्रकाश मैनाली

सर्लाही । सर्लाहीको बरहथवा नगरपालिका-८, पूर्णिमा पुलमा गएराति मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।

बरहथवाबाट हीरापुरतर्फ गइरहेको ज ४ प ३५९४ नम्वरको मोटरसाइकल पूर्णिमा पुलमा आफै अनियन्त्रित भइ पल्टिँदा मोटरसाइकल चालक गोडैता नगरपालिका-१०, बस्ने २२ वर्षीय मनिष महतोको मृत्यु भएको हो ।

चालकको मृत्यु भए पनि मोटरसाइकल पछाडि सवार गोडैता-१०, कै २१ वर्षीय रुपेश महतो भने सकुशल हुनुहुन्छ । प्रहरीले उहाँलाई नियन्त्रणमा राखी दुर्घटनाका सम्वन्धमा थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?