नेप्से परिसूचक ५६.११ वृद्धि

Read Time = 2 mins

काठमाण्डौं । मंगलवार नेप्से परिसूचक उच्च अंकले वृद्धि भएको छ ।

सोमवार १६ अंकले बढेको नेप्से परिसूचक मंगलवार ५६.११ अंकले वृद्धि भएर १९३०.९९ बिन्दुमा पुगेको हो । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ३.०४ प्रतिशत बढेको छ भने फ्लोट इण्डेक्स २.८३ प्रतिशत र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.११ प्रतिशतले बढेको छ । मंगलवार कारोबारमा आएका २३१ कम्पनीको ३९ लाख ७१ हजार ५९४ कित्ता शेयर १ अर्ब २९ करोड ६६ लाख ४ हजार ६४२ रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलवार नेप्सेसँगै कारोबार रकम पनि बढेको छ ।

नेप्सेका १३ उपसमूह सकारात्मक देखिएको छ । जसमा अन्य उपसमूहको सबैभन्दा बढी ५.२८ प्रतिशतले बढेको छ । त्यस्तै,फाइनान्स ५.४ प्रतिशत, व्यापार उपसमूहको ४.५६, हाइड्रो पावर ४.३७ प्रतिशतले बढेको छ । विकास बैंक र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी बढेको छ भने बैंकिङ्ग, होटल तथा पर्यटन, लघुवित्त र निर्जीवन बीमा उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ ।
मंगलवार न्यादी हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । त्यस्तै,युनिभर्सल पावर कम्पनीको शेयरमूल्य ९ प्रतिशत बढेको छ भने युनियन हाइड्रोपावर, माउन्टेन हाइड्रो नेपाल, दिव्यश्वरी हाइड्रोपावर र प्रोग्रेशिभ फाइनान्सको शेयरमूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ । आज एनआईसी एशिया बैंकको ६ करोड ६५ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?