एमालेको घोषणापत्र: नेपालको अर्थतन्त्रलाई विश्वकै उदीयममान अर्थतन्त्र बनाउने

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेकपा एमालेले मंगलबार चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि एमालेले आफ्नो घोषणापत्र सार्वजनिक गरेको हो ।

उक्त घोषणापत्रमा प्रारम्भमा आर्थिक वृद्धिदर सात प्रतिशत पुर्‍याउने र आगामी पाँच वर्षभित्रमा दुई अंकमा पुर्‍याउने दाबी गरिएको छ ।

‘प्रारम्भमा ७ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्दै आगामी ५ वर्षभित्र आर्थिक वृद्धिदर उच्च बनाउँदै यसलाई दुई अंकमा पुर्‍याउनेछ । नेपाली अर्थतन्त्रलाई विश्वकै उदीयममान अर्थतन्त्र बनाइनेछ,’ घोषणपत्रमा उल्लेख छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?