धादिङमा सत्ता गठबन्धन दलहरु घरदैलो र अभिमुखीकरण कार्यक्रममा व्यस्त, निर्वाचन आचारसंहिताकाे ठाडो उलंघन

हिमालय टाइम्स
Read Time = 7 mins

-बाबुराम श्रेष्ठ

धादिङ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा राजनीतिक दल तथा उम्मेदवारले बिहिबार देखि मात्र चुनावी प्रचारका कार्यक्रम गर्न पाउने भएका छन् । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यहरुले बिहिवारदेखि मंसिर १ गतेसम्म प्रचार-प्रसार गर्न सक्ने निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन आचार संहिता, २०७९ को दफा १३ मा राजनीतिक दल, उम्मेदवार, दलको भातृ सङ्गठन तथा सम्बन्धित व्यक्तिले जुलुस, आमसभा, कोणसभा, बैठक, भेला वा चुनाव प्रचार-प्रसार सम्बन्धी कार्य गर्दा पालना गर्नुपर्ने आचरणको व्यवस्था गरिएको छ । उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएपछि मतदान हुने दिनभन्दा १७ दिन अघिदेखि मात्र चुनावी प्रचारप्रसार अन्तर्गत जुलुस, आमसभा, कोणसभा गर्न र सञ्चार माध्यममा आफ्नो चुनाव सम्बन्धी सामग्री प्रकाशन वा प्रसारण गर्न सकिने व्यवस्था रहेको छ । तर धादिङका सत्ता गठबन्धन दलहरु लगायत केही साना दलहरु अहिले चुनावी अभियान अन्तर्गत कार्यकर्ताहरुसँग भेट घाटमै व्यस्थ हुन थालेका छन् ।

अन्य समयमा गाउँमा कमै मात्रामा देखिने नेताहरु चुनावको मिति नजिकिँदै गर्दा दिनरात गाउँमै देखा पर्न थालेका छन् । तर ती नेताहरुले गाउँका नागरिकहरुलाई विभिन्न आसवासन दिने र जुटा वचनहरु दिई चुनावी अभियानमा लागि परेका छन् । यतिबेला धादिङका प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका उम्मेदवारहरु गाउँ गाउँमा पुगी जनतासमक्ष भोट माग्दै हिड्न थालेको समेत पाइएको छ ।

Dhading Ghar dailo1

यस्तै कात्तिक १४ गते माओवादी केन्द्र धादिङ इन्चार्ज तथा धादिङ प्रतिनीधि सभा क्षेत्र नम्बर १ को प्रदेश २ का सत्ता गठबन्धनका साझा उम्मेदवार शालिकराम जमकट्टेलले आफ्ना नेता तथा कार्यकर्तालाई अब चुनाव सम्म वडा नछाड्न दिर्नेशन दिनुभयाे । गजुरीमा भएको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता जमकट्टेलले यो अन्तिम भेला हो, अब निर्वाचन अघि यस्तो भेला हुन्न । तपाईहरुलाई भेट्न म आफै वडा आउँछु । वडा बाहिर जानुपर्ने भयो भने पार्टीको जिल्ला निर्वाचन परिचालन कमिटीले भन्ने छ, तपाईहरु भोली देखि वडा छाड्न पाउनु हुने छैन जस्ता प्रतिक्रिया दिनुभएकाे थियाे । समानुपातिकमा माओवादी केन्द्रलाई भोट माग्ने र प्रत्यक्षमा गठबन्धनका उम्मेदवारलाई जिताउनुको विकल्प नभएकाे उहाँको भनाई थियो ।

यस्तै कात्तिक १४ गते नै नेकपा एमालेका धादिङ प्रतिनिधि सभा क्षेत्र नम्बर २ का उम्मेदवार खेमप्रसाद लोहनीले गठबन्धन विदेसीको इशारामा काम गरेर राष्ट्रहित विरुद्ध लागेको आरोप लगाउनुभयाे । धादिङको बसेरीमा मतदाता भेटघाटको क्रममा टोलटोलमा पुगेर एमाले केन्द्रीय समेत रहेका लोहनीले देशको बजेट समेत विदेसीको इशारामा बनाएर विदेशी दलालहरुलाई देशको हित प्रयोग गर्न दिएको आरोप लगाई सत्तागठबन्धन विरुद्ध खनिनु भएकाे थियाे ।

कात्तिक १३ गते धादिङ क्षेत्र नं. १ को कार्यकर्ता प्रशिक्षणमा गल्छी पुगेका धादिङका लोकतान्त्रिक वाम गठबन्धन धादिङका शिर्ष नेताहरुले धादिङको ६ वटै निर्वाचन क्षेत्रमा गठबन्धनका उम्मेदवार चुनाव जित्ने र धादिङमा एमाले पत्तासाफ हुने उद्घोष गरे । अहंकार प्रवृतिले जित्छ, संविधान धरापमा पर्छ, त्यसैले परिवर्तन र समृद्धिका लागि गठबन्धनको जितको विकल्प नभएको बताउँदै धादिङमा एमाले पत्तासाफ बनाउने अभियानमा लाग्न उनीहरुले कार्यकर्तालाई दिर्नेशन दिए ।

एकीकृत समाजवादीका नेता तथा धादिङ क्षेत्र नं. १ का उम्मेदवार राजेन्द्र पाण्डे, माओवादी केन्द्रका नेता पुष्पविक्रम मल्ल, नेपाली कांग्रेसका जिल्ला सभापति तथा धादिङ क्षेत्र नं. २ का उम्मेदवार रामनाथ अधिकारी, माओवादी केन्द धादिङका ईन्चार्ज नेता तथा धादिङ प्रतिनीधि सभा क्षेत्र नं. १ को प्रदेश २ का उम्मेदवार शालिकराम जमकट्टेल, नेपाली कांग्रेसका पुर्व जिल्ला सभापति रमेश धमला लगायतले प्रशिक्षण दिएका थिए ।

निर्वाचन आचार संहिता २०७९ को कार्यान्वयन गर्न र आचार संहिताको प्रभावकारी कार्यान्वयन भए/नभएको सम्बन्धमा निर्वाचन आयोग र जिल्ला आचार संहिता अनुगमन समितिबाट अनुगमन भइरहेको आयोगले जनाएको छ । उल्लङ्घनका घटनाबारे प्राप्त उजुरी तथा जानकारीका आधारमा स्पष्टीकरण सोध्ने र जवाफ आउने क्रम जारी रहेको छ भने आचार संहिताको प्रतिकूल हुने गरी कुनै पनि गतिविधि नगर्न आयोगले राजनीतिक दल, उम्मेदवार र सम्बन्धित पक्षसँग आग्रह समेत गरेको छ । आचारसंहिता अनुसार चुनावी प्रचारप्रसारका लागि आमसभा, कोणसभा गर्दा मञ्चको तयारीको लागि लागेको खर्चको विवरण सम्बन्धित उम्मेदवारले आफैँ वा प्रतिनिधि मार्फत मतदान सम्पन्न भएको १५ दिनभित्र निर्वाचन कार्यालयमा पेस गर्नुपर्नेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?