दियुस श्रेष्ठकाे हत्यामा सम्लग्न आठैजना पक्राउ

प्रतिकात्मक तस्बिर

हिमालय टाइम्स
Read Time = 3 mins

उर्लाबारी । मोरङको उर्लाबारी नगरपालिका-७ स्थित मावा खोलामा आयोजित छठ पर्व हेर्न आएका एक एक किशोरको हत्यामा सम्लग्न आठ अभियुक्त पक्राउ परेका छन् । । पुरानो रिसइबीका कारण झापाको दमक नगरपालिका-१० आमबाडी बस्ने १४ वर्षीय दियुस श्रेष्ठलाई छुरा प्रहार गरेर हत्या गर्ने आठै जनालाई उर्लाबारी इलाका प्रहरी कार्यालय र मोरङ जिल्ला प्रहरी कार्यायलको पक्राउ टोलीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा उर्लाबारी नगरपालिका-६ चन्द्रमा चौक बस्ने सरोज बस्नेत, सोही वडाको वानडाँडा सन्देश खवास, विकास तामाङ, पानी ट्याङकी बस्ने मन्जिल माझी, तरुण चौकका सपन खत्री, प्रतीक बराइली, सरोज परियार र सनिस याक्खा रहेकोे उर्लाबारी इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक मिलनजङ्ग थापाले बताउनुभयो ।

उहाँकाअनुसार हात्यामा सम्लग्न सनिस भागेर धनकुटा पुगेको अवस्थामा उनलाई धनकुटा प्रहरीको सहयोगमा पक्राउ गरिएको थियो ।
आइतबार राति अन्दाजी १०ः३० बजेको समयमा छठ पर्वको रात्रिकालीन रमझम हेर्न गएका श्रेष्ठ र हत्यामा संलग्न किशोरहरुको समूहबीच जम्काभेट हुँदा उनीमाथि पुरानो रिसइबी साँध्न उनीहरुले छुरा प्रहार गरी सख्त घाइते बनाएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

घाइते श्रेष्ठलाई उनका साथी र स्थानीयवासीको सहयोगमा उपचारका लागि उर्लाबारीस्थित गोदावरी अस्पतालमा भर्ना गरिएको थियो तर त्यहाँ उपचार सम्भव नभएपछि झापाको बिएन्डसी अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा श्रेष्ठको सोमबार बिहान मृत्यु भएको मोरङ जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले बताउनुभयो । रासस

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?