काठामाडौं । काठमाडौंको तिलगंगामा बसको ठक्करबाट मोटरसाइकल चालकको ज्यान गएको छ । काठमाडौं महानगरपालिका(८ तिलगंगास्थित सडकमा बा ४ ख ९३९६ नम्बरको बसले बा ९२ प ३१२० नम्बरको मोटरसाइकललाई मंगलबार दिउँसो ठक्कर थियो ।
बसको ठक्करबाट मोटरसाइकल चालक स्याङ्जा घर भई काठमाडौं नयाँबानेश्वर बुद्धनगर बस्ने ३० वर्षीय माधव पाण्डेको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको केएमसी अस्पताल सिनामंगलमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएकी मोटरसाइकलमा सवार रामेछाप घर भई काठमाडौं लैनचौर बस्ने २६ वर्षीया गंगा मगरको सोही अस्पतालम उपचार भइरहेको छ । प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएको छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका