विमानस्थल र कारागारको सुरक्षाको जिम्मा सेनालाई

Read Time = 3 mins

-डम्बर बोहरा
बैतडी । बैतडीमा जिल्ला कारागार र विमानस्थलको सुरक्षा नेपाली सेनाले गर्ने भएको छ । कात्र्तिक १६ गते (बुधबार) देखि निर्वाचन सकिएको एक हप्तासम्म जिल्लामा रहेका महत्वपुर्ण प्रतिष्ठान तथा ठाउँहरुको सुरक्षा नेपाली सेनाले गर्नेछ ।

मंगलबार जिल्ला सदरमुकाममा बसेको जिल्ला सुरक्षा समितीको बैठेकले जिल्ला कारागार र पाटन विमानस्थलको सुरक्षाको जिम्मेवारी नेपाली सेनालाई दिने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय बैतडीका प्रशासकीय अधिकृत शंकर बहादुर बोहराले जानकारी दिनुभयो । आगामी मंसिर ४ गते हुने आम निर्वाचनलाई मध्यनजर गर्दै जिल्लाको सुरक्षा योजनालाई कडा पारिएको छ ।

भारतसंग सिमानाका जोडिएको जिल्लाका भएकाले त्यहाँ रहेका विओपीहरुमा थप जनशक्ति व्यवस्थापन गर्ने र सञ्चारलाई थप मजवुत बनाउने पनि निर्णय भएको प्रशासकीय अधिकृत बोहराले बताउनुभयो । यस्तै तिहार सकिएसंगै बैतडीका विभिन्न धार्मिक शक्तिपिठहरुमा जात्रा लाग्ने भएकाले सम्भाबित हुन सक्ने अप्रिय घटनाहरु मध्येनजर गरेर पनि सुरक्षा योजना तयार पारिएको छ ।

यस्तै आगामी मंसिर ४ गते हुने आम निर्वाचनमा जिल्ला कारागारमा स्थापना गरिएको अस्थायी मतदान केन्द्रबाट ५ जना कैदीले मतदान गर्न पाउने जिल्ला निर्वाचन अधिकारी माधवप्रशाद फुँयालले जानकारी दिनुभयो ।

जिल्ला कारागार बैतडीमा अहिले ७५ जना कैदीबन्दी छन् । जसमध्ये ५ जनाको मात्रै मतदाता नामावलीमा नाम रहेकाले उनीहरुले मतदान गर्न पाउने फुँयालले बताउनुभयो । अस्थायी मतदान केन्द्रबाट प्रतिनिधि सभाको समानुपातिक तर्फमात्रै मतदान गर्न पाइने व्यवस्था रहेको छ । बैतडीमा १ हजार ३७३ जना अस्थायी मतदाता रहेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?