बंगलादेशमा सरकारी कार्यालयको समय परिवर्तन

Read Time = 1 min
A A- A+

ढाका । बंगलादेशमा सरकारी कार्यालयको समय परिवर्तन गरेको छ । सरकारले विद्युत् अभावका कारण यसअघि कार्यलय समय ८ बजेदेखि सञ्चालन गरेकोमा अब ९ बजेदेखि सुरु हुनेभएको हो । सरकारी कार्यालय र स्वायत्त संस्था बिहान ८ बजेदेखि दिउँसो ३ बजेसम्म हुँदै आएकोमा अब बिहान ९ बजेदेखि अपराहृन ४ बजेसम्म हुने जनाइएको छ ।

प्रधानमन्त्री शेख हसिनाको अध्यक्षतामा बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो । नयाँ नियम दुई सातापछि लागू हुनेछ । तर, अदालत, बैंक विद्यालय तथा कलेज प्रशासनले आ–आफ्नो तालिका तय गर्नसक्ने सरकारले जनाएको छ । एजेन्सी ।

guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?