बेजिङ । चीनले ताइवान एकीकरणको दिशामा अहिलेसम्मकै निकट पुगेको बताएको छ । चिनियाँ राष्ट्रपति सी चिनफिङले चिनियाँ कम्युनिष्ट पार्टीको महासचिवको रूपमा तेस्रो कार्यकाल सुरु गरेसँगै चीनले ताइवानको विषयमा यस्तो बताएको हो । बेइजिङको ताइवान मामिला कार्यालयले अहिले चीनको सैन्य बल ‘पूर्ण एकीकरण’को संघारमा रहेको बताएको छ ।
चिनियाँ सरकारका प्रवक्ता मा सिआओकुआङले एकीकरणका लागि चीन अहिलेसम्मकै निकट रहेको तथा यस विषयमा आफू विश्वस्त र सक्षम पनि रहेको उल्लेख गर्नुभएको छ । गत बुधबार ताइवानका विदेशमन्त्री जोसेप वुले आगामी दिनमा चीनले ताइवानलाई कूटनीतिक हिसाबमा एक्ल्याउने प्रयास बढाउन सक्ने बताउनुभएको थियो ।
संसद्मा बुझाएको प्रतिवेदनमा उहाँले चीनले ताइवानमाथि आक्रमण र धम्की पनि बढाउन सक्ने बताउनुभएको थियो । उहाँले विशेषगरी कूटनीतिक हिसाबमा चीनले ताइवानलाई समस्यामा पार्न सक्ने उहाँको भनाइ थियो । एजेन्सी ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका