‘भागी भागी नहिँड…’ भन्दै गणेश

Read Time = 2 mins

काठमाडौं । गणेश थापाको स्वरमा रहेको गीत ‘भागी भागी नहिँड...’ सार्वजनिक भएको छ । सुदन लुइँटेलको शब्द, नरेन्द्र प्यासीको संगीत, विनोद भुजेलको संगीत संयोजन र कुमार केसीको मिक्सिङ तथा रेकर्डिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो । भिडियो बुढासुब्बा डिजिटलमार्फत सार्वजनिक गरिएको छ ।

आधुनिक÷पप शैलीको गीतलाई विलक्षण क्रियसनको म्यानेजमेन्टमा तयार पारिएको हो । भिडियोमा अभिनेताद्वय गजित बिष्ट र श्रीदेव भट्टराई, गायिका तथा मोडल सञ्चारकर्मी सरिता भारतीको मुख्य भूमिका छ । सरितासँग गजित र श्रीदेवको त्रिकोणात्मक प्रेम कथा जस्तो जेखिने भए पनि यसको कथा फरक रहेको गायक थापाले बताउनुभयो । भिडियोको अन्य कलाकारमा सुवास खड्का, रोशनी श्रेष्ठ, आशिष नेपाल र नुर मुहम्मद हुनुहुन्छ ।

डब्बु क्षत्रीको निर्देशन रहेको गीतको भिडियोमा परिवारको सदस्याका कारण प्रेममा आउने समस्या र संघर्षलाई चित्रण गरिएको छ । चलचित्रका छायांकार दिव्यराज सुवेदीको छायाँकन रहेको भिडियोमा प्रिया श्रेष्ठको शृंगार, वीरेन्द्र भाट ‘विपिन’को सम्पादन तथा रंग संयोजन छ । भिडियोलाई सवला थापाले निर्माण गर्नुभएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?