गायक सुरेश गन्धर्वलाई आर्थिक सहयोग

Read Time = 2 mins

धरान । गायक सुरेश गन्धर्वलाई आर्थिक सहयोग प्रदान गरिएको छ । कालजयी लोकगीत ‘रिन्के बुङको रागालाई’का गायक गन्धर्वलाई आर्थिक सहयोग प्रदान गरिएको हो । मिलाप फाउण्डेशनकी अध्यक्ष तथा सञ्चारकर्मी गीता अधिकारीको समन्वय र हाल अमेरिका बसोबास गर्दै आउनुभएका साहित्यकार तथा गीतकार हरि उप्रेती र गो फण्ड टिमले गन्धर्वलाई आर्थिक सहयोग एक लाख रुपैयाँ प्रदान गरेको हो ।

धरान-८ का वडाध्यक्ष धनबहादुर राईको प्रमुख आतिथ्यमा गायकको घर धरानमा पुगेर रकम हस्तान्तरण गरिएको थियो । रकम हस्तान्तरण कार्यक्रममा, गन्धर्वको घर निर्माण अभियन्ता तथा रंगकर्मी विष्णु मोक्तान, सञ्चारकर्मीलगायतको उपस्थित थियो ।

मौलिक संस्कृतिको जगेर्ना गर्ने सर्जकको गीत सानोबेलादेखि नै सुन्दै आएकाले हामी सबै मिलेर सहयोग रकम संकलन गरेर सर्जकलाई सहयोग गरेको उप्रेतीले बताउनुभयो । आफू विदेशमा रहे पनि मन सधैँ नेपाल मै रहने बताउँदै यो सहयोगमा आफूजस्तै सिर्जनालाई माया गर्ने सर्जकहरूको सहयोग गर्न पाएकोमा खुशी भएको बताउनुभयो । रंगकर्मी विष्णु मोक्तानले सर्जको बास्थानको लागि लागिपरेको बताउँदै सारंगी बचाउन पनि सुरेश गन्धर्वलाई बचाउनुपर्ने आवश्यक रहेको बताउनुभयो ।

प्रमुख अतिथि वडाध्यक्ष राईले विदेशमा रहँदा पनि स्वदेश र कलालाई माया गरी सहयोग गरेकोमा न्य गो फण्डका सहयोगीलाई धन्यवाद दिनुभयो । आफूले सक्दो सहयोग गर्ने र पहल गर्ने राईले प्रतिबद्धत्ता जनाउनुभयो । देशको कला र संस्कृतिलाई चिनाउने काम गर्नुभएका गन्धर्व सबैका लागि गौरव भएको राईको भनाइ थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?