हिमालयको भैरहवा-मलेसिया चार्टर उडान

Read Time = 1 min

काठमाडौं । अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट यात्रुवाहक ‘चार्टर’ उडान गर्ने भएको छ । हिमालयले यात्रुवाहक चार्टर उडान सञ्चालन गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणसँग अनुमति मागेको छ ।

हिमालयले कात्तिक १७ देखि २४ गतेसम्म दैनिक एक यात्रुवाहक चार्टर उडान गर्न प्राधिकरणसँग अनुमति मागेको हो । हिमालयले भैरहवाबाट मलेसियाको क्वालालम्पुरका लागि चार्टर उडान अनुमति मागेको छ ।

काठमाडौंबाट क्वालालम्पुर गएर भैरहवा फर्किने तथा पुनः भैरहवाबाट क्वालालम्पुर गएर काठमाडौं फर्किने गरी अनुमति मागेको एयरलाइन्सले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?