काठमाडौं । नेपालस्थित टाटा मोटर्सको आधिकारिक डिष्ट्रिब्युटर सिप्रदी ट्रेडिङ प्रालिले टाटा प्रोटेक्टमा अझै थप सेवा सुविधा ल्याएको छ । मंगलबार एक कार्यक्रमबीच टाटा प्रोटेक्टअन्तर्गत थप सेवा सुविधाको शुभारम्भ गरेको हो ।
टाटा प्रोटेक्टअन्तर्गत मास्टर केयर प्लस, टाटा जेन्युइन पार्ट्स, एक्सप्रेस सर्भिस, टाटा जिप्पी, कस्टमर हेल्पलाइन, टाटा सिल्ड, टाटा अलर्ट तथा वी केयर गरी आठ प्रकारका सेवा सुविधा समावेश छन् । सेवा सुविधा सिप्रदीका सम्पूर्ण सर्भिस सेन्टर तथा आधिकारिक सर्भिस सेन्टरबाट उपलब्ध हुनेछन् । मास्टर केयर प्लसअन्तर्गत फ्लिट म्यानेजमेन्ट सोलुसन, एएमसी सेवा रहेका छन्, जसमा ग्राहकको गाडीको सम्पूर्ण सर्भिस तथा मर्मत कार्यको जिम्मा कम्पनीले लिनेछ । टाटा जेन्युइन पार्ट्सअन्तर्गत सिप्रदी वर्कशपमा फेरिएका स्पेयर पार्टसमा छ महिना वा ५० हजार किलोमिटरसम्मको वारेन्टी रहेको छ । एक्सप्रेस सेवाअन्तर्गत चार घण्टामा गाडीको सर्भिस कार्य सकिने ग्यारेन्टी प्रदान गर्ने र नभएमा क्षतिपूर्ति व्यवस्था कम्पनीले गर्नेछ ।
टाटा जिप्पीअन्तर्गत ४८ घण्टाभित्र गाडीको मर्मत हुन्छ, नभएमा क्षतिपूर्तिको व्यवस्था रहेको छ । टाटा सिल्डअन्तर्गत एक्सिडेन्टल गाडी ६० दिनमा तयारीका साथै नगदरहित बिमा दाबी सुविधा पनि रहेको छ । टाटा अलर्टअन्तर्गत कम्पनीले तोकेका हाइवे कोरिडरहरूमा गाडी ब्रेकडाउन भएमा छ घण्टाभित्र सो स्थानमा पुग्ने र ४८ घण्टाभित्र गाडी तयार पारिदिने ग्यारेन्टी रहेको छ । वी केयर सेवाअन्तर्गत वर्कशपमा गाडी बनाउँदा ग्राहकको अपेक्षाअनुसारको सेवा तथा सुविधा प्राप्त नभएमा तुरुन्त सम्पर्क गरी समस्या तथा गुनासो दर्ता गराई तुरुन्त समाधान प्रदान गर्ने व्यवस्था रहेको छ ।
सो अवसरमा सिप्रदीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले नेपालमा टाटा गाडी बिक्रीका अतिरिक्त प्रमुख व्यावसायिक लक्ष्य विकासशील आवश्यकता पहिचान गरी उत्कृष्ट बिक्रीपछिका सेवाहरू प्रदान गर्नु भएको बताउनुभयो । टाटा प्रोटेक्टअन्तर्गतका सेवा तथा सुविधाले ग्राहकलाई उत्कृष्ट सेवाको ग्यारेन्टी प्रदान गर्ने र ढुक्क भई आफ्नो व्यवसायमा ध्यान केन्द्रित गर्न सहयोग पुग्ने कुरामा विश्वस्त रहेको पनि उहाँले बताउनुभयो । कम्पनीका इन्टरनेशनल बिजनेस एण्ड स्ट्राटेजी, कमर्सियल भेइकल बिजनेस उपाध्यक्ष अनुराग मेहरोत्राले टाटा मोर्टस ग्राहकलाई विश्वस्तरीय सेवा तथा समाधान प्रदान गर्न अग्रस्थानमा रहेको र टाटा प्रोटेक्ट विश्व बजारमा लागू भएपछि टाटा मोटर्सका ग्राहकको सन्तुष्टिस्तरमा वृद्धि भई गाडी बिक्री तथा प्रवद्र्धनमा पनि सहयोग मिलेको बताउनुभयो ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका