तनहुँमा चितुवाको आक्रमणबाट एक बालकको मृत्यु

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 1 min

चितवन । तनहुँको ब्यास नगरपालिका-१२ छिर्केनेमा चितुवाको आक्रमणबाट मंगलबार साँझ एक बालकको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार साँझ ६ः३० बजेको समयमा घर नजिकै बसिरहनुभएका राजु कुँवरका आठ वर्षीय छोरा अभिनवलाई चितुवाले आक्रमण गरेको थियो । चितुवाले आक्रमण गर्दा उहाँको घटनास्थलमै मृत्यु भएको हो ।

तनहुँका डीएसपी युवराज खड्काले घटना भएको सूचना लगत्तै प्रहरी टोलीतर्फ परिचालन गरिएको बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?