पाकिस्तानी प्रधानमन्त्री सरिफ चीन भ्रमणमा

हिमालय टाइम्स
Read Time = 1 min

इस्लामाबाद । पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफले चीनको भ्रमण सुरु गर्नुभएको छ ।

प्रधानमन्त्री सरिफ एक उच्चस्तरीय प्रतिनिधिमण्डलसँगै मंगलबार साँझ चीनको राजधानी बेइजिङ पुग्नुभएको छ । दुई दिने भ्रमणका क्रममा प्रधानमन्त्री सरिफले चीनका राष्ट्रपति सी जिनपिङलाई भेट्न जाँदै हुनुहुन्छ ।

चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को २०औँ महाधिवेशन सकिएपछि सीले पार्टी महासचिवको रूपमा तेस्रो कार्यकाल पाएको केही दिनपछि सरिफ चीन पुग्नुभएको हो । चिनियाँ प्रधानमन्त्री ली खछ्याङको निमन्त्रणामा सरिफले भ्रमण गर्नुभएको हो ।

सरिफसँगै विदेशमन्त्री बिलावल भुट्टो जरदारी पनि भ्रमणमा हुनुहुन्छ ।

भ्रमणका क्रममा सरिफले ६५ अर्ब डलर लगानीको चीन पाकिस्तान आर्थिक करिडरलगायतका विषयमा छलफल गर्नु हुनेछ । एजेन्सी

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?