Tuborg 2079-6-30 Ehimlayantimes-1000x100

प्राणी परिचय : अक्टोपस

हिमालय टाइम्स
Read Time = 4 mins
A A- A+

✍️ विनोद दाहाल

म अक्टोपस हुँ । म जलचर प्राणी हुँ । म ठूला र गहिरा समुद्रमा बस्छु । समुद्रको सङ्लो पानीमा विचरण गर्दै गहिरो समुद्रको पिँधमा बस्न म मन पराउँछु । इअतयउगक नै मेरो अंग्रेजी नाम हो । त्यसैले मेरो नेपाली नाम छैन । नेपालदेखि घेरै टाढाका समुद्रमा बस्ने भएकाले मेरो नेपाली नाम नहुनु स्वाभाविक पनि हो । मेरो खतरनाक स्वभावलाई देखेर मानिसहरूले मलाई ‘समुद्री राक्षस’ पनि भन्ने गरेका छन् ।
‘राक्षस’ को संज्ञा पाए पनि वास्तवमा पौराणिक ग्रन्थहरूमा चर्चा भएको राक्षस जस्तो नभएर एउटा जलचर प्राणीमात्र हुँ म । म निकै खतरनाक हुन्छु भन्ने कुरामा भने विवाद छैन । मेरा पुर्खाहरू मभन्दा पनि निकै बलिया हुन्थे भनिन्छ । उनीहरू ठूलाठूला डुंगाहरू पल्टाएर त्यसमा सबार मानिसलाई खाने गर्थे पनि भनिन्छ । त्यसैले हामीलाई राक्षस भनिएको हुनसक्छ । अहिले मेरो त्यति ठूलो क्षमता त छैन तर पनि म कम्ती शक्तिशाली भने छैन ।

मेरो शरीर भनेकै एउटा ठूलो गोलो डल्लो हो । मेरा शरीरका आँखा मुख जस्ता बाहिरी अंग र पेट पेटभित्रका मुटु, कलेजो, फोक्सो जस्ता भित्री अंगहरू पनि यही गोलाकार जिउमै हुन्छन् । अचम्मको कुरा मेरो शरीरमा तीनवटा मुटु हुन्छन् ।

मेरो मुख्य विशेषता भनेको मेरो गोलो शरीरबाट आठवटा लामा लामा अजिंगर जस्ता हातहरू पलाएका हुन्छन् । यी हात नै मेरा ठूला हतियार हुन् । म पानीमा तैरिएर हातहरू चारैतिर फैलाउँछु । र वरिपरिका माछा, कछुवालगायत साना सम्पूर्ण जीवहरूलाई आहारा बनाउँछु । मैले हातले बेरेर समाइसकेपछि कुनै पनि जीव फुत्किन सक्दैन । त्यसैले म मांसाहारी प्राणी हुँ । म मेरो शरीरमा रहेको ‘फनेल सिपहन’ नामको खोक्रो भागमा पानी भर्छु, आवश्यक अक्सिजन त्यसबाट शोषण गरेर लिन्छु र पानी जतिबाहिर फालिदिन्छु । हिँड्डुल गर्न पनि म त्यही प्रक्रिया अपनाउँछु ।

मभन्दा बलियो शत्रुले मलाई आक्रमण गर्न खोजेका खण्डमा म एउटा अनौठो उपाय अपनाउँछु । शरीरबाट कालो पदार्थ प्रवाह गरी पानी धमिल्याइदिन्छु । धमिलो पानीमा शत्रुले मलाई देख्न सक्दैन पानी संलिउन्जेलसम्ममा म भागिसक्छु ।

मलाई मारेर मासु खान र अन्य विभिन्न काममा प्रयोग गर्न आजकाल मानिसहरूले मेरो तस्करी गर्न थालेका छन् । मेरा माध्यमबाट भविष्यवाणी गराउन पनि अचेल मेरो प्रयोग हुन थालेको छ । यसो गर्नाले अल्पसंख्यक हामी संकटमा पर्न सक्छौँ र हामो अस्तित्व लोप हुन पनि सक्छ । यसतर्फ मानिसले ध्यान दिनै पर्छ ।

Ek-nepal-add-2079-5-26-All-media-in-nepal

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?