मस्कले राखे ट्वीटरका भेरिफाइड अकान्टले मासिक ८ डलर तिर्नुपर्ने प्रस्ताव

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं। ट्वीटरका भेरिफाइड अकान्टले मासिक ८ डलर तिर्नुपर्ने भएको छ । ट्वीटरका नयाँ मालिक तथा संसारकै धनि व्यक्ति एलन मस्कले भेरिफाइड अकाउन्टको लागि मासिक ८ डलर तिर्नुपर्ने जानकारी दिएका छन् ।

यसअघि यसका लागि २० डलरको प्रस्ताव राखेका थिए । तर अहिले यसलाई मासिक आठ डलर झारिएको उनि स्वयंले जानकारी दिएका छन् । पैसा तिरेर भेरिफाइड भएका अकाउन्टहरुमा विभिन्न सुविधा थप हुने पनि उनले जनाएका छन् ।

मस्कले गएको हप्ता ४४ अर्ब डलरमा ट्वीटर आफ्नो स्वामित्वमा ल्याएका हुन् । उनले ट्वीटरका सीईओलाई हटाएका छन् भने सञ्चालक समिति पनि भंग गरेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?