टोटनहम र फ्रयांकफर्ट अन्तिम १६ मा

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । युईएफए च्याम्पियन्स लि अन्तर्गत मंगलबार राति भएको खेलमा विजयी हुँदै टोटनहम र फ्रयांकफर्ट समूह डी बाट अन्तिम १६ मा प्रवेश गरेका छन् ।

क्लेमन्ट लेङलेट र पिइरी इमाइल होजबर्गको समान एक एक गोल मद्दतमा टोटनहमले मार्सेलीलाई २-१ ले निराश पार्यो । फ्रेन्च लिग वान क्लबविरुद्ध अंक बाँडेमा मात्र पनि टोटनहमलाई नकआउट चरणमा प्रवेश गर्न सफल हुने थियो ।

टोटनहमले सन् २०१९-२० पछि च्याम्पियन्स लिगको समूह चरण पार गरेको पहिलो पटक हो । यस्तै, फ्रयांकफर्टले अन्तिम १६ को टिकट काट्ने क्रममा स्पोर्टिङ लिस्बनलाई २-१ ले हरायो ।

६ खेलमा ११ अंक जोेडेको टोटनहम समूह डी को विजेताको रुपमा अन्तिम १६ मा प्रवेश गर्दा फ्रयांकफर्ट १० अंकसहित समूह उपविजेताको रुपमा नकआउट चरणमा प्रवेश गर्यो ।

तेस्रो स्थानको स्पोर्टिङ लिस्बनको सात अंक रह्यो भने चौथो स्थानको मार्सेलीको ६ अंक रह्यो । दुबै क्लब समूह चरणबाट माथि बढ्न सकेनन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?