प्रतितोला पाँच सयले बढ्यो सुनको मूल्य

Read Time = 1 min

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा पाँच सय रुपैयाँले बढ्दै ९३ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार छापावाल सुन प्रतितोला ९३ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो ।

आज तेजाबी सुनको मूल्य समेत तोलामा पाँच सय रुपैयाँले नै बढ्दै ९३ हजार एक सय रुपैयाँ पुगेको महासंघको जनाएको छ ।

चाँदीको मूल्य भने अघिल्लो दिनको मूल्य १० रुपैयाँले बढेर आज प्रतितोला एक हजार २२५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?