प्रतिनिधि सभा सदस्यका उम्मेदवार सिह प्रचार प्रसारमा व्यस्त

तस्बिरः लोसपाका प्रतिनिधि सभासदस्यका उम्मेदवार लालबाबु सिह, जसपाका रामबाबु कुमार यादव र नेकपा एमालेका ज्वाला साह 

हिमालय टाइम्स
Read Time = 5 mins

-संजीव कुमार मिश्रा

बारा । बारा क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभा सदस्यका उम्मेदवारहरु अहिले चुनाव प्रचार प्रसारमा व्यस्त देखिएका छन् । उम्मेदवारहरुले मतदाताहरुलाई आफूतिर आकर्षित गर्न विभिन्न प्रलोभनहरु बाड्दै आएका छन् ।

बारा निर्वाचन क्षेत्र ३ बाट २०७४ सालको चुनावमा विजयी भएका प्रतिनिधि सभा सदस्य रामबाबु कुमार यादव भने फेरि दोश्रो पटक चुनावमा जित हासिल पार्ने दाउँमा लाग्नु भएको छ । जनता र पार्टीको मत भन्दा पनि जातिको मत संकलन गर्न उहाँ व्यस्त देखिनु भएको छ । ५ वर्षको कार्यकालमा यादवले कुनै पनि ठोस काम गर्न नसकेको जनताहरुको गुनासो एकातिर छ भने एमालेसँग जसपाले गठबन्धन गरे पनि एमाले गठबन्धनकै ज्वाला साह र यादवले यही क्षेत्रबाट प्रतिनिधि सभा सदस्यको उम्मेदवारी दिनु भएको छ ।

ज्वाला साह साह जातिको भोट आफूतिर आकर्षण गर्ने तिर उन्मुख देखिनु भएकाे छ भने अर्को तर्फ रामबाबु यादव पनि भोट आफूसँग आए आफू जित्ने प्रबल सम्भावना रहेको दावी गर्दै आउनु भएको छ । तर यसपाली जनताको मत भने फरक देखिएको छ । हुनत तीन वटै उम्मेदवार गठबन्धनकै अग्रपंक्तिमा देखिएका छन् ।

यसपालीको त्रिकोणात्मक लडाईमा नेपाली काँग्रेसबाट लोसपामा आएका लालबाबु सिहले पनि आफू जसरी पनि यसपालीको चुनावमा जित हासिल गर्ने दावी गर्नु भएको छ ।

यो भन्दा अगाडीको चुनावमा रामबाबु यादव जितेर गए पनि जनताको लागि कुनै काम नगरेको तानाशाही शैलीमा अगाडी बढेको कारण अहिले मतदाताहरु उनी देखि टाढिएका छन उहाँले भन्नुभयो,‘एकातिर जनताको विश्वास उहाँ माथि घटेको छ भने ज्वाला साह प्रदेश सभा सदस्यमा जितेर मन्त्री बन्दा समेत कमिशनको खेलमा लागेर बदनाम भएको अवस्था छ । आफू पाँच दलीय गठबन्धनको साझा उम्मेदवार भएको कारण जित्ने प्रबल सम्भावना रहेको बारा क्षेत्र नम्बर ३ का लोसपाका प्रतिनिधि सभाका उम्मेदवार लालबाबु सिहले बताउनु भएको छ ।

यो क्षेत्रमा काँग्रेसको पकड बलियो छ अर्कोतिर माओवादीको जनाधार पनि छ । यी दुबै शक्ति मसँग छ । दुबै पार्टीको शक्तिले मलाई जिताउन कुनै कसर बाँकी राख्ने छैनन् र मेरो जित हुन्छ । यसमा कुनै दुई मत नरहेको उहाँले जानकारी दिनुभयो । जसपाले एमालेलाई मधेश विरोधी भनेर विरोध गर्दै आएको भएतापनि यसपालीको चुनावमा आफनो अस्तित्व नै समाप्त हुने गरि एमालेसँगै गठबन्धन गरेको कारण जसपाको अस्तित्व नै मेटने अवस्था आएको छ । आफनो बाटो विराउनेहरुको अस्तित्व समाप्त हुने गरेको इतिहास नै छ । त्यसरी नै जसपाले आफनो मुद्दा नै समाप्त गरि एमालेसँग गरेको गठबन्धनले पार्टीको अस्तित्व नै मधेशबाट समाप्त हुने अवस्था आएको सिहले बताउनुभयो ।
यसपालीको चुनावमा निर्वाचन क्षेत्र नम्बर ३ को तीनवटै सीटमा पाँच दलीय उम्मेदवारले विजय हासिल गर्ने उहाँले बताउनुभयो ।

निर्वाचन क्षेत्र नम्बर ३ क मा गठबन्धनका युवा उम्मेदवार नेकपा माओवादी केन्द्रका मुकेश साह र ख मा नेपाली काँग्रेसका निवर्तमान सभापति जयचन्द्र चौरसिया उम्मेदवार बनेका छन् । चौरसिया पार्टीको लागि अहोरात्र खटने व्यक्ति हुन् । उहाँ पार्टीको मात्र होइन आम जनताको लागि पनि सदैव सक्रिय भएर काम गर्ने व्यक्ति भएको हुनाले यसपालीको चुनावमा जित्ने प्रबल सम्भावना रहेको उहाँले जानकारी दिनुभयो ।
यस्तै मुकेश साह युवा नेता हुन । उनी प्रखर वक्ता पनि हुन । सधैभरि जनताको सेवामा तत्पर रहने भएको कारण नै माओवादीले उनलाई प्रदेश सभा सदस्यमा टिकट दिएको हो । उहाँको जनतामा पकड बलियो छ । जनताले रुचाएका छन् त्यसैले उहाँको जित पनि सुनिश्चित देखिएको सिहले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?