नागरिक समाजद्वारा बम विस्फोट घटना प्रति प्रशासनलाई ध्यानाकर्ष पत्र पेश

मान बहादुर बिश्वकर्मा कालिकोट
Read Time = 3 mins

कालीकोट । कालीकोटमा भएको बम विस्फोट घटनालाई नागरिक समाज कालीकोटले जिल्ल्ला प्रशासन कार्यालय कालीकोटको ध्यानाकर्षण गराएको छ ।

कात्तिक १२ गते कालीकोट जिल्लाको तिलागुफा नगरपालिका वडा नम्बर-१० चिल्खाया रानाबाडामा भएको बम विस्फोट घटना प्रति नागरिक समाजले बुधबार जिल्ला प्रशासन कार्यालय कालीकोटलाई ध्यानाकर्षण पत्र बुझाएको हो ।

बालअधिकारका लागि साझा अभियान कर्णाली प्रदेश र कालीकोट जिल्ला स्थित नागरिक समाजले बम विस्फोट घटनाले गम्भिर ध्यानाकर्षण भएको जनाउदै घाइते बालकालीकाको शिघ्र स्वास्थ्यलाभको कामना गर्दै उचित क्षतीपुर्ती र घाइते बालबालिकाको स्वास्थ्य उपचारमा सहयोग पुर्‍याउन ध्यानाकर्षण पत्र बुझाइएको बालअधिकारका लागि साझा अभियान (सिसिआर) कर्णाली प्रदेशका उपाध्यक्ष तुलाराम पाण्डेले बताउनुभयो ।

प्रमुख जिल्लाअधिकारी रामहरि शर्मालाई बुझाइएको ध्यानाकर्ष पत्रमा बाल अधिकार तथा मानव अधिकार उल्लंघनका घटनामा रोकथाम र न्यूनिकरणका लागि राज्यका निकाय तथा सरोकारवाला संगको प्रतिबद्धता तथा अभिमुखिकरणलाई अभियानको रुपमा सञ्चालन गर्नुपर्ने माग उल्लेख गरिएको छ ।

यस्तै बम विस्फोटबाट मृत्यु भएका बालिकाको परिवारलाई तत्काल राज्यबाट दिइनुपर्ने राहत तथा क्षतिपूर्ती व्यवस्था गर्नुपर्ने, घाइते बालबालिकाको स्वास्थ्य उपचारको उचित प्रवन्धसहित उनिहरुको शिक्षा, संरक्षण र जीविको पार्जनको ग्यारेन्टी गरिनु पर्ने लगाएतका मागहरु ध्यानाकर्षण पत्रमा लेखिएको छ । बमविस्फोट बाट २ जना अबोध बालिकाको मृत्यु र ३ जना बालबालिका घाइते भएका थिए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?