मन्त्रीहरूले सरकारी स्रोतसाधन प्रयोग नगरी निर्वाचन प्रचारमा जान पाइन्छः आयोग

फाईल फाेटाे

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । निर्वाचन आयोगले प्रधानमन्त्री, मन्त्रीसहित सार्वजनिक पद धारण गरेकाले आयोगलाई जानकारी दिएर सरकारी स्रोतसाधन प्रयोग नगरी चुनाव प्रचारप्रसारमा जान पाइने जनाएको छ ।

आयोगको कार्यालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आयोगलाई जानकारी दिएर सरकारी स्रोतसाधनको प्रयोग नगरी प्रधानमन्त्री, मन्त्री तथा प्रदेश मन्त्रीहरु चुनावी प्रचारप्रसारमा जान पाइने जानकारी दिनु भएकाे हाे ।

निर्वाचन आचारसंहिता पालना गरेर चुनावी प्रचारप्रसारमा लाग्न राजनीतिक दल र तिनका नेताहरुलाई उहाँले आग्रह गर्नुभयाे ।

हालसम्म ७१ जना व्यक्ति र संस्थालाई आचारसंहिता उल्लंघन गरेका विषयमा स्पष्टीकरण सोधेको जानकारी दिदैँ प्रमुख आयुक्त थपलियाले आचारसंहिता उल्लंघनका विषयमा निगरानी गर्न स्थानीय प्रशासनलाई पनि परिचालन गरिएको बताउनुभयाे ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?