काठमाडौंको जुद्द शालिक नजिक एक जनाको शव फेला, हत्या आरोपमा एक जना पक्राउ

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । काठमाडौं महानगरपालिका-२४ जुद्द शालिक नजिक एक जनाको शव फेला परेकोमा प्रहरीले उनको हत्या गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीले मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१२ घर भएका ६२ वर्षीय जितबहादुर लामालाई पक्राउ गरेको जनाएको छ ।

अन्दाजी ४४-४५ वर्षका पुरुषको शव जुद्द शालिक नजिक फेला परेको थियो । शव फेला परेपछि प्रहरी वृत्त जनसेवाबाट प्रहरी नायब उपरीक्षक सहितको प्रहरी टोली घटनास्थलमा पुगी घटनास्थललाई सुरक्षित राखिएको र घटनास्थलमा जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक, प्रहरी उपरीक्षक र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट प्रहरी वरिष्ठ उपरीक्षक, प्रहरी उपरीक्षक सहितको अपराध अनुसन्धान अधिकृतको प्रहरी टोली खटिएको थियो ।

घटनास्थलमा त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका फरेन्सिक चिकित्सकलाई समेत झिकाइएको थियो । केन्द्रीय प्रहरी केनाइन कार्यालय महाराजगञ्जबाट अनुसन्धान कार्यका लागि तालिम प्राप्त कुकुरसमेतको प्रयोग गरी संलग्न व्यक्तिको पहिचान तथा खोजी कार्य सुरु गरिएको थियो ।

शवको हालसम्म पहिचान नखुलेको प्रहरीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?