धनगढी । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा धनगढी पुग्नुभएको छ। आफ्नो निर्वाचन क्षेत्र रहेको डडेल्धुरा जानुअघि बुधबार देउवा धनगढी पुग्नुभएको हो। धनगढी-४ स्थित आफ्नै निवासमा बस्नुभएका उहाँले यहाँका कार्यकर्तासँग भेटघाट गर्दै हुनुहुन्छ ।
कैलाली-५ को प्रदेश सभा (ख) बाट प्रकाश देउवाले उम्मेदवारी दिनुभएको छ । उहाँ प्रधानमन्त्री देउवाका भतिजासमेत हुनुहुन्छ ।
देउवाले बुधबार धनगढीमै बस्ने देउवा बिहीबार आफूले उम्मेदवारी दिएको क्षेत्र डडेल्धुरा जानु हुनेछ। डडेल्धुरामा चार दिनसम्म उहाँले चुनाविी गतिविधि सञ्चालन गर्ने बताइएको छ ।
डडेल्धुरा जान थाल्नुभएका प्रधानमन्त्री देउवालाई सरकारी श्रोतसाधनको प्रयोग नगर्न निर्वाचन आयोगले चेतावनी दिएको छ । सरकारी स्रोत साधन प्रयोग नगरी व्यक्तिगत वा पार्टीको खर्चमा डडेल्धुरा जान अनुमति दिएको आयोगले सरकारी श्रोत साधनको प्रयोग गरे कारबाही गर्ने चेतावनी दिएको हो ।
यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले पत्र पठाएर प्रधानमन्त्री देउवा डडेल्धुरा आउन अनुमति मागेको थियो । तर, आयोगले सरकारी स्रोत साधन प्रयोग गरेर जान नपाइने भन्दै अनुमति दिएको थिएन ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका