ओलम्पियन वैद्यलाई मगर संघको सम्मान

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेपाली खेलकुद जगत्की सफल खेलाडी तेक्वान्दो क्विन संगीना वैद्यलाई नेपाल मगर संघ, शाखा युएईले एक कार्यक्रमबीच सम्मान गरेको छ । वैदेशिक भ्रमणको सिलसिलामा युएईमा रहनुभएकी कीर्तिमानी खेलाडी वैद्यलाई नेपाल मगर संघ, शाखा युएईद्वारा आयोजित कार्यक्रममा नेपाली खेलकुद जगत्की सफल खेलाडी एवं एसियन च्याम्पियन तथा ओलम्पियन संगीना वैद्यलाई सम्मान गरिएको हो ।

वैद्यलाई कार्यक्रमकी प्रमुख अतिथि तथा नेपाल आदिवासी जनजाति महासंघ युएईकी अध्यक्ष विजयालक्ष्मी राईले सम्मान पत्र हस्तान्तरण गर्नुभएको हो । उहाँलाई विदेशी भूमिमा समेत पञ्चे बाजासहित भव्य स्वागत गरिएको थियो ।

नेपाल मगर संघ, शाखा युएईकी कार्यवाहक अध्यक्ष मनु गाहा मगरले कार्यक्रममा बोल्दै वैद्यले नेपालमा खेलकुद क्षेत्रको विकास र विस्तारमा दिनुभएको अतुलनीय योगदान र नेपालको गौरव र प्रतिष्ठालाई अन्तर्राष्ट्रियस्तरमा समेत उच्च पार्न अहं भूमिका निर्वाह गर्नुभएकाले उहाँको खेलजीवनको उच्च मूल्यांकन गर्दै यो सम्मान प्रदान गरिएको बताउनुभयो ।

त्यसैगरी संघका महासचिव नयन घर्ती मगरले नेपाली खेलकुद जगत्की सफल खेलाडी एवं प्रशिक्षक तथा राष्ट्रका लागि योगदान गर्दै देशलाई विश्वसामु चिनाउन सफल संगीना वैद्यलाई सम्मान गर्न पाउँदा खुशी व्यक्त गर्नुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?