डेनमार्ककी प्रधानमन्त्री मेटे फ्रेडरिकसेनद्वारा राजीनामा

Read Time = 2 mins

कोपनहेगन । डेनमार्ककी प्रधानमन्त्री मेटे फ्रेडरिकसेनले राजीनामा दिनुभएको छ । डेनमार्कमा भएको आमनिर्वाचनमा उहाँको पार्टी सोशल डेमोक्र्याटले सबैभन्दा बढी मत प्राप्त गरेको छ । तर, बहुमत प्राप्त गर्न नसकेपछि उहाँले राजीनामा दिनुभएको हो । उहाँको पार्टीले २८ प्रतिशत मत प्राप्त गरेको जनाइएको छ । डेनमार्कमा १७९ निर्वाचन क्षेत्र रहेकोमा बहुमतका लागि ९० सिट चाहिन्छ ।

उहाँले आफ्नो पक्षमा नतिजा राम्रो आए पनि आफूले राजीनामा दिएर नयाँ सरकारका लागि बाटो खुला गरेको जनाउनुभएको छ । ४० लाख मतदाताले डेनमार्कमा एक हजार उम्मेदवारबाट १७९ जनालाई चुनेका छन् । डेनमार्कमा पूर्वप्रधानमन्त्री लार्स लक्के रासमुसेनको नवगठित पार्टीले १६ सिट जितेको छ ।

उहाँले शल डेमोक्र्याटबाट अलग भएर नयाँ पार्टी निर्माण गर्नुभएको हो । ५० सिट जितेको सोशलले अन्य पार्टीसँग मिलेर सरकार बनाउने कि अन्य साना दलको संयुक्त सरकार बन्ने बारे भने अझै अन्योल देखिएको छ । यो निर्वाचनमा विभिन्न १४ दलका उम्मेदवार विजयी भएका छन् भने ६ जना स्वतन्त्र उम्मेदवारले जित हात पारेका छन् । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?