Tuborg 2079-6-30 Ehimlayantimes-1000x100

र्‍यापर टेकअफको गोली हानी हत्या

Read Time = 3 mins
A A- A+

न्यूयोर्क । अमेरिकी मिडिया रिपोर्टका अनुसार मिगोस ब्याण्डका र्‍यापर टेकअफको हृयुस्टनमा गोली हानी हत्या गरिएको छ । र्‍यापर टेकअफको मंगलबार बिहान बोलिङ एलेमा हत्या गरिएको थियो । जहाँ उहाँ काका र साथी क्वाभोसँग खेलिरहनु भएको थियो ।

२८ वर्षीय र्‍यापर टेकअफको वास्तविक नाम कृष्निक खरी बल हो । मिगोस उहाँहरूको पुस्ताको सबैभन्दा प्रभावशाली समूहहरूमध्ये एक हुनुहुन्थ्यो । उहाँ चप्पी, स्ट्याकाटो ट्रिपलेट जस्ता र्‍यापिङको कलामा निपुण हुनुहुन्थ्यो ।

ब्याण्ड यस वर्षको सुरुमा विभाजित भयो, त्यसपछि यसले ब्याड एण्ड बोगी र वाक इट टक जस्ता अन्तर्राष्ट्रिय हिटहरू उत्पादन गर्‍यो । एक निजी पार्टीमा ४० देखि ५० पाहुना थिए, अचानक कसैले गोली चलाउन थालेको प्रहरीले जनाएको छ । मिगोस ब्याण्ड टेकअफ, अफसेट र क्वाभोबाट बनेको थियो । तीनै जना लरेन्सभिल, जर्जियामा सँगै हुर्कनुभएको थियो । तीनैजना राजधानी एटलान्टाको नाम रोशन गर्न आएका थिए ।

टेकअफले भन्नुभएको थियो, ‘संगीत गरिबीबाट बाहिर निस्कने एउटा उपाय थियो । म फुर्सदको समयमा आफूलाई रेकर्ड गर्थें र बिटहरू खोज्थें र आफ्नो लागि केही सिर्जना गर्थें ।’

सन् २०१० मा ब्याण्डले मिगोसको रूपमा आफ्नो डेब्यू ग¥यो र भर्सेससँग आफ्नो पहिलो हिट प्रदान ग¥यो । यसले २०१३ मा ड्रेकबाट रिमिक्स प्राप्त ग¥यो । सन् २०१५ मा, जर्जिया स्टेट युनिभर्सिटीमा एक शो पछि समूहको टुर बसमा पुलिसले छापा मारेको थियो । यसपछि ब्याण्ड अफसेटका एक सदस्य जेल जानुपरेको थियो । त्यतिबेला ब्याण्डले केही समय कठिनाइको सामना गर्नुपरेको थियो । त्यसपछि उहाँले ब्याक टु द बान्डो मिक्सटेप जारी गर्नुभयो, जसमा हिट गीत ‘लुक एट माई डेब’ समावेश थियो । एजेन्सी ।

Ek-nepal-add-2079-5-26-All-media-in-nepal

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?