काठमाडौं । अभिनेत्री श्वेता खड्कालाई पुत्रीलाभ भएको छ । श्वेताले मंगलबार अपरान्ह ग्राण्डी सिटी अस्पतालमा छोरीलाई जन्म दिनुभएको हो । उहाँले शल्यक्रियाको माध्यमबाट छोरीलाई जन्म दिनुभएको थियो ।
अभिनेत्री खड्काले मंगलबार आमा बनेपछि आफ्नो जीवनमा लामो समयपछि खुशीको नयाँ अध्याय थपिएको बताउनुभएको छ । सामाजिक सञ्जालमा छोरीको तस्बिर शेयर गर्दै अभिनेत्री खड्काले आफ्नो जीवनमा खुशीको अर्को रंग पोतिएको तथा आशाको अर्को दीप झुल्किएको बताउनुभएको छ ।
‘मेरो दाम्पत्य जीवनमा एउटी सुन्दर, सुशील र अवोध सुपुत्रीको आगमनसँगै जीवनको अर्को पाटो सुरु भएको छ, अभिनेत्री खड्काले लेख्नुभएको छ, ‘आजबाट मैले संसारकै सबैभन्दा सुन्दर शब्द आमाबाट सम्बोधित हुने एउटा भाग्यमानी नारीको जमातमा सामेल हुने मौका पाएकी छु । यो मेरो जीवनको सबैभन्दा ठूलो अवार्ड हो, सबैभन्दा अमूल्य प्राप्ती अनि बहुमुल्य सम्पत्ती हो ।’
‘मेरो प्रशव अवस्थामा सुस्वास्थ्यको कामना गरी मप्रति साहनुभूति जनाइदिने मेरा आफन्त, परिवार, नातागोता र शुभचिन्तकहरू सम्पूर्णप्रति हार्दिक आभार व्यक्त गर्दै मेरो सुख–दुःखमा कोमल हात दिने अनि न्यानो साथ दिने मेरो जीवनसाथी विजयन्द्र सिंह रावत लाई मुरी मुरी माया’, उहाँले अगाडि लेख्नुभएको छ, ‘मेरो काखमा मुसुक्क मुस्कुराई रहेकी सानी ‘परी’ लाई यो खुल्ला आकाश अनि सुन्दर धर्तीमा हार्दिक स्वागत ।’
पछिल्लो केही दिनदेखि अभिनेत्री खड्का तथा उहाँका श्रीमान् विजयेन्द्र सिंह रावतले बेबी शावरका तस्वीरहरू सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिरहनु भएको थियो । करिब दुई वर्षअघि अभिनेत्री खड्का तथा रावत वैवाहिक जीवनमा बाँधिनु भएको थियो ।
गर्भवती भएपछि मिडियामा नदेखिनुभएकी श्वेताले दशैँ अगाडि आयोजित एक कार्यक्रममा मिडियासँग साक्षात्कार गर्नुभएको थियो । चार वर्षअगाडि रिलिज ‘कान्छी’पछि श्वेता सिनेमामा फर्किनु भएको छैन ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका