सेयर बजार सामान्य वृद्धि

Read Time = 1 min

काठमाडौं । तिहारपछि सेयर बजार निरन्तर उकालो लागेको छ । बुधबार पनि नेप्से परिसूचक ७.३२ अंकले बढेको छ । अघिल्लो दिनको कारोबारमा ५६ अंकले बढेको बजार यस दिन भने सामान्य अंकले बढेको हो ।

त्यस्तै ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स ०.७९ बढेर ३८२.९४ मा पुगेको छ । नेप्सेसँगै कारोबार रकमसमेत बढेर एक अर्ब ४६ करोड ७९ लाख १४ हजार आठ सय ७५ रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ । यस दिन ४३ लाख ४६ हजार सात सय आठ कित्ता सेयर कारोबार भएको थियो ।

उपसमूहतर्फ बैंकिङ, व्यापार, निर्जीवन बिमा समूहको सेयर मूल्य घटेको छ । एक सय २४ कम्पनीको सेयर मूल्य बढेको छ भने ५६ कम्पनीको सेयर मूल्य घटेको छ । कर्पोरेट डेभलपमेन्ट बैंक, कर्णाली डेभलपमेन्ट बैंक, जोशी हाइड्रोपावर, मानुषी लघुवित्त, ग्रिन लाइफलगायतको सेयर मूल्य उच्च अंकले बढेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?