आइसिटी अवार्ड २०२२ लाई आइएमई पेको साथ

Read Time = 2 mins

काठमाडौं । सूचना तथा सञ्चार प्रविधि क्षेत्रको आइसिटी अवार्डको सातौँ संस्करणमा पावर्ड बाई पार्टनरमा स्मार्ट क्युआर र पेमेन्ट पार्टनरमा आइएमई पेले सहकार्य गरेका छन् । डिजिटल इकोसिस्टमको प्रवद्र्धन गर्न इन्फो डेभलपर्स आइसिटी अवार्ड २०२२ इन एसोसिएसन विथ जेनेसमा स्मार्ट क्युआर र आइएमई पेले पनि सहकार्य गरेका हुन् ।

सातौँ संस्करणको आइसिटी अवार्डको ग्राण्ड फिनाले आगामी पुस ८ गते काठमाडौंमा आयोजना हुँदैछ । आयोजकका अनुसार त्यसअघि अवार्डको प्रि-इभेन्ट क्याम्पियनमा रूपमा कात्तिक १८ र १९ गते बानेश्वर बैंक्वेटमा यार्सा ल्याब्स स्टार्टअप एण्ड आइडिया फेस्ट सञ्चालन हुँदैछ ।

फेस्टमा सयभन्दा बढी स्टार्टअप र इन्नोभेसन प्रदर्शनी हुने आयोजक संस्था लिभिङ विथ आइसिटीले जनाएको छ । फेस्टमा स्टिम क्याम्प, जब फेयर, काउन्सिलिङ, एआई एण्ड इमर्जिङ टेक्नोलोजी, गेमिङ प्रतियोगिता, लगानी अवसर, उद्यमी र लगानीकर्तासँग भेटघाट, रोबोटिक्स, ड्रोन, एआई/भिआरलगायत रहने बताइएको छ । सातौँ संस्करणमा १२ विधामा अवार्ड वितरण गरिनेछ । यस वर्ष अवार्डका लागि चार सयभन्दा बढीको आवेदन प्राप्त भएको कम्पनीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?