सेञ्चुरी र दराजबीच सम्झौता

Read Time = 1 min

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र दराज प्रालिबीच सम्झौता भएको छ । सेञ्चुरी बैंक र दराजबीच बैंकमा खाता रहेका ग्राहकलाई दराजको ११.११ अभियानमा छुट प्रदान गर्ने सम्झौता भएको हो । योजना कात्तिक २५ गतेदेखि लागू हुनेछ । सम्झौतापत्रमा बैंकका प्रमुख व्यापार प्रवद्र्धन अधिकृत शंकर केसी र दराजका पेमेन्ट प्रबन्धक जोनाम भुर्तेलले हस्ताक्षर गर्नुभएको छ ।

बैंकमा खाता रहेका ग्राहकले दराजको ११.११ अभियानमार्फत् अनलाइन सामान खरिद गर्दा बैंकको डेबिट कार्डबाट गरिने भुक्तानीमा अधिकतम् १५ प्रतिशत वा २५ सय रुपैयाँसम्म छुट र क्रेडिट कार्डबाट गरिने भुक्तानीमा अधिकतम् २० प्रतिशत वा तीन हजार रुपैयाँसम्मको छुट हुनेछ । छुटका लागि लागि ग्राहकले आफ्नो कार्डको ई–कमर्स सेवा सुचारु गर्नुपर्ने बैंकले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?