इटहरी । साओमीले सुनसरीको इटहरीमा आधिकारिक स्टोर खोलेको छ । अरुण एण्ड ब्रदर्स प्रालिसँगको सहकार्यमा धरान रोडस्थित गोर्खा डिपार्टमेन्ट स्टोरनजिकै रहेको जय नेपाल होटलको भवनमा स्टोर खोलेको हो । स्टोर संख्या दोब्बर बनाउने उद्देश्यसहित कम्पनीले नेपालभर नयाँँ र आधुनिक स्टोर खोल्ने योजना बनाएको छ ।
सो अवसरमा कम्पनीका नेपाल कन्ट्री जेनेरल म्यानेजर सौरभ कोठारीले भन्नुभयो, ‘यो नयाँँ स्टोर खुलेपछि हाम्रा ग्राहकलाई किनमेल गर्न अझ धेरै सजिलो हुनेछ र सँग-सँगै हाम्रो सिमलेस अफलाइन नेटवर्क विस्तार गर्ने उद्देश्य पनि पूरा हुनेछ । हामीलाई आशा छ हाम्रा ग्राहक हाम्रो यो नयाँँ स्टोरमा आउनुहुनेछ र नयाँँ-नयाँँ उत्पादन मन पराउनुहुनेछ ।’
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका