समृद्धिको डिसिइओमा दवाडी

Read Time = 1 min

काठमाडौं । समृद्धि फाइनान्सको नायब प्रमुख कार्यकारी अधिकृत (डिसिइओ) मा गोकर्णप्रसाद दवाडी नियुक्त हुनुभएको छ । कम्पनीे सञ्चालक समिति बैठकले दवाडीलाई डिसिइओमा नियुक्त गरेको हो ।

वित्तीय क्षेत्रको व्यवस्थापकीय भूमिकामा रही करिब १८ वर्षभन्दा बढी लामो अनुभव सम्हाल्नुभएका दवाडीले यसअघि नेको इन्स्योरेन्समा प्रमुख व्यवस्थापकमा रही कार्य गर्नुभएको थियो ।

साथै कम्पनीका प्रमुख व्यवस्थापक विनोदराज पौडेल नायब महाप्रबन्धक पदमा बढुवा हुनुभएको छ । समृद्धि फाइनान्सले मुद्दती निक्षेप योजनाअन्तर्गत ६६ महिनामा पैसा दोब्बर हुने निक्षेप योजना सार्वजनिक गरेको छ । साथै कम्पनीले आठ वर्ष आठ महिनामा तेब्बर, १२ वर्ष आठ महिनामा पाँच गुणा र १६ वर्ष पाँच महिनामा आठ गुणा हुने निक्षेप योजना पनि सञ्चालनमा ल्याएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?