रामचन्द्र रायमाझी/हिटा
पाल्पा । जिल्लाको बगनासकाली गाउँपालिका-७, खानीगाउँकी अप्सरा सारु उमेरले ८८ लाग्नुुभयो । उहाँलाई सामाजिक सुरक्षा भत्ता बुझ्नै सकस हुन्छ । घरबाट गाउँपालिकाको कार्यालय चिर्तुंगधारा पुग्नै घण्टांै लाग्छ । वर्षौंदेखि वृद्ध भत्ता बुझ्न गाउँपालिका नै पुग्नुपर्ने बाध्यताले सेवाभन्दा बढी सास्ती हुन्छ । तर, अहिले यी समस्याबाट उहाँ जस्ता हजारौं लक्षित व्यक्तिले छुट्कारा पाएका छन् ।
गाउँपालिकाले वडाबाटै भत्ता बाँड्न थालेपछि नागरिकलाई सास्ती कम भएको छ । ‘बुढेसकालमा धेरै सहज भयो, दुई खुड्किलो टेक्दा वडा कार्यालय पुगिन्छ, त्यहींबाट भत्ता पाउन थालेको छु,’ सारुले भन्नुुभयो, ‘टाढा हुँदा न बैंकबारे केही बुझिन्थ्यो न भत्ता लिन जानै सजिलो थियो, सबै सास्ती कम भयो ।’
यस्तै, बगनासकाली यम्घाका मनिष खनाल अपांग हुनुुहुन्छ । उहाँको शारीरिक दुर्बलताले उहाँले पाउने सामाजिक सुरक्षा भत्ता लिनै सधैं कष्ट हुन्थ्यो । वरपरका छिमेकीको सहयोगमा बोकेरै उहाँलाई लैजानुपथ्र्याे । तर, वडाबाटै भत्ता वितरण सुरु भएपछि अहिले राहत मिलेको छ । ‘भाइ अपांग छ, त्यसमा उसले पाउने सरकारी सेवा पनि लिनै मुस्किल तर अहिले वडाबाटै बाँड्न थालेपछि गाउँपालिकाको कार्यालय धाउनुपर्ने बाध्यता कम भएको छ,’ दाइ मनोज खनालले भन्नुुभयो । गाउँपालिकाले आफ्ना नागरिकलाई वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेको छ । दुर्गम ग्रामीण भेगका नागरिकको सेवालाई सहज बनाउने उद्देश्यले वडाबाटै भत्ता वितरण गरिएको हो ।
भौगोलिक विकटताका कारण बैंकिङ सेवा र गाउँपालिका केन्द्रसम्म कष्टकर यात्रा गरी धाउनुपर्ने सास्तीलाई कम गर्न स्थानीयस्तरबाटै भत्ता वितरण गर्न थालिएको गाउँपालिका अध्यक्ष सरस्वती चिदीले बताउनुुभयो । ‘शारीरिकरूपमा अशक्त वर्गको सुलभताका लागि वडाबाटै बाँड्न थालिएको हो, जसमा ज्येष्ठ नागरिक र अपांग व्यक्तिहरूलाई घर पायक वा दूरीको हिसाबले नजिकका वडा कार्यालयबाट सामाजिक सुरक्षा भत्ता वितरण गरिरहेका छौँ ।’ विभिन्न वडाबाट सदरमुकाम तथा आर्यभञ्ज्याङ बजारमा रहेका बैंकमा आउनुपर्दा विभिन्न किसिमका कष्ट उठाउने मात्रै नभई लामो समय हिँड्नुपर्दा सास्ती भएको गुनासो आएपछि वडाबाटै वितरण गर्ने व्यवस्था मिलाएको अध्यक्ष चिदीले बताउनुुभयो ।
उहाँले निर्वाचनका बेला जनाएको प्रतिबद्धतासमेत पूरा गरेको बताउनुुभयो । ‘विगतमा तत्कालीन गाविसले वितरण गर्दै आएको सामाजिक सुरक्षा भत्तामा दुरूपयोग भयो भनेर सरकारले बैंकमा खाता खोलेर जम्मा गर्ने व्यवस्था मिलाएको थियो । सरकारले भत्ता दुरूपयोग हुनबाट बचाउन र सम्बन्धित व्यक्तिले नै भत्ता रकम पाओस् भनेर बैंकमा खाता खोल्ने काम राम्रो ग¥यो तर बैंकमा खाता खोल्दा अशक्त, ज्येष्ठ नागरिक, अपांगले सास्ती भोग्नुपरेको थियो । वडा-वडामा बैंक नहुँदा ज्येष्ठ नागरिक, अशक्त, अपांग, एकल महिला दुई/अढाइ घण्टा लगाएर आउनुपर्ने, त्यसमा पनि भिडभाडका कारण लामो समय कुर्नुपर्ने बाध्यताले विभिन्न किसिमका कष्ट भोग्नुपरेको थियो । आउँदा दिनमा अशक्त, ज्येष्ठ नागरिक, अपांगले समस्या भोग्नुपर्ने छैन,’ उहाँले भन्नुुभयो । आगामी दिनमा परिस्थितिलाई हेरेर गाउँपालिकाका केही सरकारी सेवा पनि स्थानीय पायक पर्ने ठाउँमै दिने योजना रहेको उहाँले बताउनुुभयो ।
यसअघि नेपाल बैंक पाल्पा शाखा र विभिन्न काउण्टरबाट भत्ता पाइरहेका वडाका नागरिकले अहिले वडाबाटै सेवा पाएका हुन् । नेपाल बैंक पाल्पा शाखाको समन्वय र गाउँपालिकाको सहकार्यमा वडामै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरिरहेको छ । गाउँपालिका अध्यक्ष सरस्वती दर्लामी, उपाध्यक्ष हरिप्रसाद पाठक, प्रमुख प्रशासकीय अधिकृत विष्णु घर्ती, नेपाल बैंक पाल्पा शाखा प्रबन्धक गिरिराज बेल्वासेलगायत जनप्रतिनिधि र कर्मचारीको उपस्थितिमा वडा कार्यालयमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेको गाउँपालिकाले जनाएको छ ।
आव २०७९/०८० को प्रथम त्रैमासिक (साउन, भदौ र असोज) मा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न योग्य ३०८७ लाभग्राहीमध्ये दस्तखत गर्ने, जिल्लाबाहिर हुने र बैंकमै सहज हुनेहरूका लागि बैंकमै सामाजिक सुरक्षा भत्ता जम्मा गरेको गाउँपालिकाका एमआइएस अपरेटर भोजराज भट्टराईले बताउनुुभयो । यहाँका नौवटा वडाबाटै भत्ता वितरण भएको छ । प्रमुख प्रशासकीय अधिकृत विष्णु घर्तीले वडास्तरबाट सामाजिक सुरक्षा भत्ता प्रदान गर्दा लाभग्राहीले छिटो र छरितो गरी सेवा लिन पाएको बताउनुभयो । वडाबाटै सहज सेवा पाउनाले समय, खर्च, कष्टकर यात्राबाट छुट्कारा मिलेको सेवाग्राही बबिता विष्टले बताउनुुभयो । उहाँले भन्नुुभयो, ‘गाउँपालिकाले वडाबाट दिएको सेवाले अहिले धेरै सजिलो छ, घण्टौं लगाएर जानुपर्ने बाध्यता कम भएको छ, खर्च पनि जोगिएको छ ।’
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका