Tuborg 2079-6-30 Ehimlayantimes-1000x100

जनकेन्द्रित विकास चिन्तनको जरुरी

A A- A+

✍️ लोकनारायण सुवेदी
विश्वमा नवउदार अर्थनीतिको जुन डंका पिटिँदै आएको थियो त्यसले उत्पन्न गरेका आर्थिक मन्दी तथा वित्तीय संकटहरूको भयंकर ठूलो दुष्चक्रले गर्दा विकसित पश्चिमा देशहरूसमेत आज विकल्पको खोजीमा तल्लिन हुनथालेका छन् । नवउदारवादी अर्थतन्त्रले जुन कामको समाजिकीकरण र पुँजीको थप अझ सघन केन्द्रीकरण गरिदियो त्यसले पुँजी र श्रमबीचको संघर्षलाई अझ तीव्र बनाइदिएको छ । यसको सोझा अर्थ हो श्रम पुँजीको शोषणको अझ बढी सिकार भयो । यसले सम्पन्न र विपन्नबीचको खाडललाई पुर्नुको साटो अझ बढी फराकिलो बनाइदियो ।

अविकसित र विकसित क्षेत्रबीचको असमानतालाई पनि परिणामतः अझ गहिरो तुल्याउन पुग्यो । अन्यत्रको कुरा छोडौँ नेपालकै बैंकहरूको ऋणप्रवाहको तथ्यांक आर्थिक सर्वेक्षणले जुन प्रकाशमा ल्याएको छ त्यत्तिमात्र हेरे पनि धेरै कुरा एकदमै छर्लंग हुन्छ । केही वर्ष पहिला स्विट्जरल्याण्डको डाभोसमा सम्पन्न विश्व आर्थिक मञ्चमा जम्मा भएका पश्चिमा अर्थतन्त्रका दिग्गज पहरहेदाले निकालेको निष्कर्र्षले पनि यही यथार्थलाई राम्रोसँग उजागर गरेको छनक दिएको थियो । त्यतिबेला नै उनीहरूले चीनको विकसित र शक्तिशाली अर्थतन्त्रलाई निक्कै गम्भीरताका साथ हेरेका थिए ।

वास्वतमा आज पश्चिमा मुलुहरूले सामाजिक सुरक्षाका सबैजसो महत्वपूर्ण क्षेत्रमा अत्याधिक खर्च कटौती गर्दा पनि अर्थतन्त्रको रक्षा गर्न नसकिने स्थिति सिर्जना भइरहेको अवस्थामा नवउदारवादको वकालत गर्नेहरूको तर्कले अब काम गर्न छाडेको एकदमै प्रष्ट हुन्छ ।

अनि चीनको अर्थतन्त्रमा तलमाथि हुँदा पश्चिमा देशहरूको अर्थतन्त्र नराम्रोसँग चर्मराउने, धराशायी हुनसक्ने गम्भीर निष्कर्ष निकाल्दै चीनले लिने आर्थिक नीति, खुलापना के कस्तो हुने, कसरी अगाडि बढ्ने हो भन्ने कुरामै उनीहरूले ध्यान केन्द्रित गर्दै, चिन्ता लिँदै आएका हुन् र आइरहेका छन् । वास्वतमा आज ती पश्चिमा मुलुहरूले सामाजिक सुरक्षाका सबैजसो महत्वपूर्ण क्षेत्रमा अत्याधिक खर्च कटौती गर्दा पनि अर्थतन्त्रको रक्षा गर्न नसकिने स्थिति सिर्जना भइरहेको अवस्थामा नवउदारवादको वकालत गर्नेहरूको तर्कले अब काम गर्न छाडेको एकदमै प्रष्ट हुन्छ ।

नाफा केन्द्रित र मानवद्वेषी अर्थतन्त्रलाई काखी च्यापेर अस्तित्व बचाइराख्न र अघि बढ्न त झन नसकिने अवस्था सिर्जना हुने भएकाले वैकल्पिक आर्थिक बाटो अब के हुनसक्छ भन्ने विषयमा उनीहरू केन्द्रित भएर छट्पटिन थालेको देखिँदै आएको छ । यस परिप्रेक्षमा आर्थिक विकासमा उदाउँदो विश्वको आर्थिक महाशक्ति केन्द्र बन्दै गएको चीन र उदाउँदो भारतका बीचमा रहेको हाम्रो देशले अवलम्बन गर्नुपर्ने आर्थिक विकासको मार्गचित्र र मूलबाटो के हो भन्ने कुरामा अत्यन्तै गम्भीरतासाथ बृहत् रूपमा सोचविचार तथा बिमर्श गरिनुपर्ने, निष्कर्ष उपयुक्त, दिगो प्रकृतिको निकाल्नुपर्ने ज्वलन्त राष्ट्रिय आवश्यकता बन्न गएको छ र बनिरहेको छ ।

यसका लागि अहिलेसम्मको नेपाली अर्थतन्त्रको लेखाजोखा बहुआयामिक समीक्षा गरेर यस अगाडिका चुनौती, सामना गर्नुपरिरहेका समस्याहरू तथा भावी दिनमा उत्पन्न हुनसक्ने र सामना गर्नुपर्ने समस्याहरूलाई समेत मध्यनजर राखेर र राम्रोसँग केलाएर तिनको सही ढंगले के कसरी निराकरण गरेर अघि बढ्न सकिन्छ त्यसको सबैभन्दा पहिला निक्र्यौल गर्नुपर्ने हुन्छ । अहिलेसम्म हामीसँग भएका स्रोतसाधनको सही किसिमले परिचालन हुन गराउन एकातिर सकिएको छैन भने अर्कोतिर नेपाली अर्थतन्त्र दिनप्रतिदिन नाजुकभन्दा नाजुक बन्दै र भयावह किसिमले पराश्रित हुँदैगएको छ ।

यसका पछाडि राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक कारण अवश्य छन् तर मूल कुरा ती कारक र कारणलाई सही किसिमले हेर्ने र फेर्ने तथा अर्थतन्त्रलाई अग्रगति दिने उपयुक्त राष्ट्रिय नीतिको तर्जुमा र कार्यान्वयन हुन नसक्नु नै आजको सबैभन्दा मुख्य समस्या हो । यस सन्दर्भबाट हामीले हाम्रो कृषि, उद्योग, वाणिज्य–व्यापार, श्रम, वातावरण, तथा ऊर्जाका समस्यालाई बेग्ला बेग्लै, समग्र रूपमा हे¥यौँ र केलायौँ भने हाम्रो अर्थतन्त्र कहालिलाग्दो किसिमले किन कमजोर बन्दैछ । किन व्यापार घाटा निरन्तर बढ्दैछ र किन भुक्तान सन्तुलन नराम्रोसँग नकारात्मक बनेको छ भन्ने कुरा प्रष्ट हुन्छ ।

अनि नेपालमा किन सामाजिक न्याय र गरिबी निवारणले मूर्त रूप लिन सकेको छैन भने कुराको पनि उजागर र खुलस्त हुन्छ । फलतः यस्तो अर्थतन्त्रको दारुण अवस्था भएको देशमा बढ्दो भ्रष्टाचार, कमिसनखोरी, माफियातन्त्रको बिगबिगी, सामाजिक असमानतामा अझ बढोत्तरी, भयंकर ठूलो बेरोजगारी, ऊर्जाशील युवाशक्तिको निरन्तर विदेश पलायन जस्ता तस्वीर दिनानुदिन देखापर्नु अस्वाभाविक हँुदैन । त्यसैले यी समस्या हल गर्ने राष्ट्र, जनसमर्पित जनमुखी अर्थनीतिको निर्माण र त्यसको ठोस प्रभावकारी कार्यान्वयन आजको सर्वोपरी राष्ट्रिय आवश्यकता हो । तर, यो आवश्यकताको परिपूर्ति लर्तरो नीति र त्यसको कार्यान्वयनले पटक्कै हुन सक्तैन ।

यसको निम्ति हाम्रो जमिन, जल, जंगल, जडिबुटी, जैविक विविधता, जनशक्तिलाई सही किसिमले अर्थात उत्पादन वृद्धि र समाजिक न्यायको प्रत्याभूति दिने किसिमले प्रयुक्त गर्ने, देश र जनतालाई आत्मनिर्भर बनाउँदै लगेर परनिर्भरताबाट परस्पर सार्थक अन्तरनिर्भरताको चरणमा प्रवेश गराउने वैकल्पिक अर्थनीति आजको आवश्यकता हो । परम्परागत सामन्ती, दलाल पुँजीवादी, कमिसनखोरी र माफियागिरीमा आधारित देश र जनतालाई दोहन गर्ने र केही मुठ्ठीभर मानिसले आफ्नो खल्ती भर्ने अर्थतन्त्र र आर्थिक नीतिले नेपाली किसान, मजदुर, महिला, दलित, जनजाति, पछाडि परेको क्षेत्र कुनै कसैको पनि जीवनोद्धार प्रगति हुने स्थिति बन्न सक्तैन भन्ने कुरा त साठी वर्षभन्दा बढीदेखिको योजनाबद्ध आर्थिक विकासको गति र आजको यथार्थ स्थितिले एकदमै प्रष्ट पारेको छ ।

अहिले कथित समाजवाद र समृद्धिको ढोल पिटिरहेका दलहरूले गम्भीर चासो र चिन्ता लिएको पटक्कै पाइँदैन । उनीहरूको केन्द्रीय चासो सत्ता, कुर्सी र देश दोहनमात्रै देखिँदै आएको र देखिइरहेको छ । पछिल्लो राजनीतिक परिवर्तनपछिको प्रतिफल यस्तो हुनु कम विकृति र विडम्बनाको कुरा होइन !

अतः देशलाई साँच्चै अर्धविकसित चरणबाट विकासशील चरणमा प्रवेश गराउँने कुरैमा मात्र सीमित नराख्ने र यथार्थमा परिणत गर्ने हो भने माथि उल्लिखित गम्भीर कुरामा अत्यन्तै गम्भीरतम रूपमा ध्यान केन्द्रित गरिनै पर्दछ । आफ्ना स्रोतसाधनको सार्थक उपयोग गर्ने ठोस राष्ट्रिय नीति र त्यसको प्रभावकारी कार्यान्वयनले मात्र आर्थिक महाशक्ति बनिसकेको चीन र भारतको बढ्दो विकासको प्रतिफललाई हामीले सही किसिमले उपयोग गर्न र लाभलिन सक्ने स्थिति सिर्जना गर्न सक्तछौँ । तर, यी कुरातर्फ अहिले कथित समाजवाद र समृद्धिको ढोल पिटिरहेका दलहरूले गम्भीर चासो-चिन्ता लिएको पटक्कै पाइँदैन । उनीहरूको केन्द्रीय चासो सत्ता, कुर्सी, देश दोहनमात्रै देखिँदै आएको र देखिइरहेको छ । पछिल्लो राजनीतिक परिवर्तनपछिको प्रतिफल यस्तो हुनु कम विकृति र विडम्बनाको कुरा होइन !

यस्तो अपाच्य, अमान्य स्थितिले कुनै पनि सही दिशामा देशलाई किमार्थ लान सकिँदैन र लान सकिने आधार बन्दैन । बरू अवाञ्छित अन्यौल र अराजकताको नै बारम्बार सिर्जना गर्ने स्थिति कायम रहन्छ र त्यो बढ्छ । आजको नेपाली समाजको चौतर्फी छट्पटाहट यस्तै स्थितिको उपज हो । यसबाट मुक्तिको खोजीले मात्र नेपालको सार्वभौमिक अक्षुण्यता, स्वाधीनता, जनतन्त्र र जनजीविकाको शतत रक्षा र विकास गर्ने आधार पनि तयार हुन सक्छ । अन्यथा हामी आवारा पुँजीको मुठ्ठीमा परेर चुसिने र लुटिनेबाहेक अरू केही हात लाग्दैन । अत्यन्तै गम्भीर रूपमा चिन्तन मनन गरौँ र सही बाटोमा सार्थक किसिमले अगाडि बढौँ !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?