तीन प्रदेशका केही क्षेत्रमा वर्षाको सम्भावना

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । आज मुलुकका केही पहाडी भेगमा हल्का वर्षाको सम्भावना छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायुको सामान्य प्रभाव छ । जसकारण दिउँसो प्रदेश १, बागमती र गण्डकीका पहाडी भू-भागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । अन्य क्षेत्रमा भने मौसम सामान्यतया सफा रहने आकलन गरिएको छ ।

शुक्रबार पहाडी भूभागका एक/दुई स्थानमा हल्का वर्षाको हुनसक्ने ठानिएको छ ।

राति पहाडी भूभागमा आंशिक बदली रहने देखिएको छ भने बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?