तीन विघा उखु खेतीमा आगलागी

हिमालय टाइम्स
Read Time = 2 mins

बारा । बाराको निजगढ नगरपालिका-८ स्थित अस्सी बिगाहमा रहेको तीन विघा उखुखेतीमा भिषण आगलागी भएको छ ।

बुधबार दिउँसो ४ बजेदेखि सुरु भएको आगो दुई घण्टापछि नियन्त्रणमा आएको थियो। स्थानीय हिरा सारु मगरको १ विघा र राम खत्रीको २ विघा उखुखेतीमा आगो लागेको हो । आगोलागीबाट करिब १५ लाखको उखु नष्ट भएको किसान हिरा सारु मगरले जानकारी दिनुभयो ।

बुधबार दिउँसो एकासी लागेको आगलागीबाट तीन विघा जमिनमा लगाएकोे उखु पूर्ण रुपमा जलेर नष्ट भएको हो । ‘बारीमा पाकेको उखु विक्री गर्ने तयारीमा लागि परेका थियौं,’ किसान मगरले भन्नुभयो, ‘तयारी उखु जलेर पूर्ण रुपमा नष्ट भयो । कसले के कारणले उखु खेतीमा आगो लागेको त्यो भने खुलेको छैन ।’

आगो स्थानियबासी र प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको थियो ।

एकासी लागेको आगो लागूऔषध प्रयोगकर्ता वा कसैले बस्तुका निम्ति घास पलाउनका लागि लगाएको हुन सक्ने किसानले अनुमान गरेका छन् ।

उखुबारीसँगै रहेको एक प्लटिङ बिक्रिका निम्ती खाली राखिएको जमानमा घास पलाउने आशामा केही कसैले आगो लगाएको हुनसक्ने किसनको भनाइ छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?