रुपन्देहीमा दुई किशोरीमाथि सामूहिक बलात्कार : तीन जना पक्राउ

सांकेतिक तस्बिर

हिमालय टाइम्स
Read Time = 1 min
A A- A+

काठमाडौं । रुपन्देहीमा १८ र १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा सैनामैना नगरपालिकाका तीन जना पक्राउ परेका छन्।

सैनामैना-११ बनकट्टी बस्ने १९ वर्षीय पदम कार्कीसहित १५ वर्षे दुईजना किशोरलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । रुपन्देहीका प्रहरी नायव उपरीक्षक नवरत्न पौडेलले पक्राउ परेका आरोपीले घटनामा संलग्न थप तीन जनाको नाम बताएका छन् ।

उनीहरूको खोजी तीव्र पारिएको डिएसपी पौडेलले बताउनुभयो। पीडित किशोरीहरू र पक्राउ परेका आरोपीहरू चिनजानको साथी रहेको खुलेको प्रहरीले जनाएको छ ।

कञ्चन गाउँपालिका-२ गोफ्लापुरमा दुवै किशोरीलाई मंगलबार राति करिब २ बजेतिर उनीहरूले जबरजस्ती करणी गरेको खबर पाउनासाथ इलाका प्रहरी कार्यालय रुद्रपुरबाट खटिएको प्रहरीले नियन्त्रणमा लिएको हो ।

guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?