लागत कटौती गर्न ट्वीटरका आधा कर्मचारी कटौती गर्दै मस्क

हिमालय टाइम्स
Read Time = 1 min

न्युयोर्क । विश्व प्रसिद्ध धनाढ्य एलोन मस्कले लागत घटाउनको लागि ट्विटर इंकमा आधा कार्यबल कटौती गर्ने योजना बनाएको छ ब्लुमबर्ग न्युजले जनाएको छ ।

मस्कले सुरुमा ३७ सय कार्यबल कटौती गर्न लागेको सो विषयसँग सम्बन्धित व्यक्तिहरुलाई उदृत गर्दै सो समाचार संस्थाले जनाएको छ । विवरणअनुसार ट्वीटरका नयाँ मालिकले शुक्रबार प्रभावित कर्मचारीलाई जानकारी दिनेछन् ।

यसअघि ट्विटरका एकमात्र निर्देशक र सीईओ मस्कले आफ्ना अन्य कम्पनीका कर्मचारीहरूलाई सामाजिक सञ्जाल काम गर्न अख्यितार प्रदान गरेको विवरण सार्वजनिक भएको थियो । यसमा टेस्लाका ५० कर्मचारीहरू समावेश छन् ।

मस्कले यही अक्टोबर २८ मा ट्वीटरको ४४ बिलियन डलरको अधिग्रहण पूरा गरेका थिए। पछिल्लो अधिग्रहणसँगै अर्बपति मस्कले सामाजिक सञ्जाल कम्पनीलाई आफूले प्रमुख वा सह-स्थापना गरेका कम्पनीहरूको सूचीमा थपेका छन् । एजेन्सी

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?